रवि लामिछानेविरुद्ध परेको रिटको आज सुनुवाइ हुँदै

14

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी अभियोग पत्र संशोधन गर्ने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध परेको रिटको आज सुनुवाइ हुँदै छ ।
न्यायाधीशद्वय विनोद शर्मा र अब्दुल अजीज मुसलमानको इजलासमा सुनुवाईका लागि पेसी तोकिएको अधिवक्त डा नारायणदत्त कँडेलले जानकारी दए ।

महान्याधिवक्ताको निर्णयविरुद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, कानूनका विद्यार्थी आयुष बडाल तथा रवि लामिछानेका विरुद्धमा निरन्तर मुद्धा हाल्दै आएका युवराज सफलले मुद्दा दायर गरेका थिए ।

यसअघि न्यायाधीशद्वय शारङ्गा सुवेदी र सुनीलकुमार पोखरेलको संयुक्त इजलासले महान्यायाधिवक्ताको निर्णयसम्बन्धी कागजात झिकाएको थियो ।

महान्यायाधिवक्ताको कार्यालयले गत पुस ३० गते लामिछानेविरुद्ध कास्की, काठमाडौं, रुपन्देही र पर्सा जिल्ला अदालतमा दायर मुद्दाहरूमा संगठित अपराध र सम्पत्ति शुद्धीकरणको दाबी हटाउने गरी अभियोगपत्र सच्याउने सकिने निर्णय गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here