इरानविरूद्धको युद्ध विश्व अर्थतन्त्रका लागि विनाशकारी

16

बर्लिन । जर्मनीका रक्षा मन्त्री बोरिस पिस्टोरियसले इरानविरूद्धको युद्धलाई विश्व अर्थतन्त्रका लागि विनाशकारी जनाएका छन्। उनले युद्धको प्रभाव विश्वभर स्पष्ट देखिन थालेको जनाएका हुन्।

अष्ट्रेलिया को संसदमा भएको छलफलका क्रममा उनले युद्ध सुरुदेखि नै गलत दिशामा गएको र यसले विश्व अर्थतन्त्रमा नकारात्मक असर पारेको जनाए ।  जर्मनी यो युद्धको हिस्सा नरहेको र सहभागी हुने कुनै योजना पनि नभएको उनले स्पष्ट पारे।

पिस्टोरियसले जर्मनीलाई युद्धअघि कुनै जानकारी नदिइएको र सल्लाहसमेत नगरिएको जनाए ।  उनले स्पष्ट रूपमा भने, ‘यो हाम्रो लडाइँ होइन, त्यसैले हामी यसमा फस्न चाहँदैनौं।’ उनले अमेरिका र ईरानलाई तत्काल हिंसा रोक्न र वार्ताको बाटो अपनाउन आग्रह गरेका छन्।

चीनका विदेशमन्त्री वाङ यीले अमेरिका र इरानबीच वार्ता सुरु भए शान्तिको सम्भावना देखिने जनाएका छन्। इजिप्टका विदेशमन्त्री बद्र अब्देलात्तीसँगको कुराकानीका क्रममा उनले दुवै देशबाट वार्ताका संकेत आएको उल्लेख गरे।

वाङ यीले अन्तर्राष्ट्रिय समुदायलाई पनि दुवै पक्षबीच संवाद बढाउन सक्रिय भूमिका खेल्न आग्रह गरेका छन्। चीनको धारणा अनुसार अवस्था गम्भीर भए पनि वार्ता सुरु भए युद्ध अन्त्य हुने आशा बढ्नेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here