विद्यार्थीलाई सेवा प्रदान गर्दै गोरेटो एजुकेशन

8

काठमाडौं । गोरेटो एजुकेशन कन्सलटेन्सीले आफनो नयाँ शाखा काठमाडौंको बागबजारमा पनि सञ्चालनमा ल्याएको छ।

शुक्रबारदेखि सञ्चालनमा आएको नयाँ शाखा मार्फत अष्ट्रेलिया, क्यानडा, यूके, अमेरिका, न्यूजिल्याण्ड लगायतका मुलुकमा अध्ययन गर्न चाहने विद्यार्थीलाई शैक्षिक परामर्श सेवा प्रदान गर्न सुरु गरिएको गोरेटोका प्रबन्ध निर्देशक धिरज कंडेलले जानकारी गराए।

नयाँ शाखा संचालमा आएसँगै निर्देशक कंडेल भन्छन् ‘बागबजारमा विद्यार्थीलाई मल्टिडेस्टिनेसन करिअर काउन्सिलिङ गर्ने उद्देश्यले शाखाको विस्तार गरेका हौँ। विद्यार्थीलाई अन्य शाखाहरूबाट जस्तै यहाँबाट पनि सेवा दिनेछौँ।’ यस्तै गोरेटोका संयोजक प्रकाश रेग्मीले नेपाली विद्यार्थीहरूले वैदेशिक अध्ययनका क्रममा भोग्ने भिसा अस्वीकृतिको डर, आर्थिक दबाब, तथा सामाजिक सञ्जालबाट सिर्जित भ्रम र यथार्थका सम्वन्धमा सम्बन्धित मुलुकका शिक्षणसंस्थाका प्रतिनिधिबाटै परामर्श लिन पाउने जनाए।

संयोजक रेग्मी भन्छन् ‘विदेश अध्ययन गर्न चाहाने विद्यार्थीहरुलाई आफू नजिकको स्थानबाट सेवा लिन सजिलो होस् भन्ने अभिप्रायका साथ हामीले बागवजारमा सेवा विस्तार गरेका हौँ ।’ गोरेटो एजुकेशनले काठमाडौँको वानेश्वर, ललितपुरको कूमारीपाटी, कोशी प्रदेशको इटहरी, बागमति प्रदेशको चितवन, गण्डकी प्रदेशमा पोखरापछि काठमाडौँको बागवजारमा शाखा विस्तार गरेको हो। गोरेटोका प्रवन्ध निर्देशक कंडेलले अन्य शाखामा जस्तै यो शाखा मार्फत पनि प्रभावकारी सेवा प्रदान गर्ने जनाए ।

गोरेटोले बागवजार शाखा सञ्चालनमा ल्याएको अवसरमा विभिन्न विश्वविद्यालय र कलेजका प्रतिनिधिहरुबाट विद्यार्थीहरुलाई परामर्श समेत प्रदान गरेको थियो। सो अवसरमा ३ सय बढी बिद्यार्थीहरुको सहभागीता रहेको गोरेटोले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here