काठमाडाैं । नेकपा एमालेका सांसद सुहाङ नेम्बाङले पार्टी संसदीय दलको नेतामा दाबी गरेका छन् । पार्टी कार्यालय च्यासलमा आज बसेको दलको बैठकमा उनले दलको नेतामा दाबी गरेका हुन् ।
पार्टीको विधि पद्धति तथा वरिष्ठताक्रमको विषयमा आफू अवगत रहेको र त्यसलाई सम्मान गरेको भन्दै उनले अहिलेको आवश्यकता युवा नेतृत्व भएको बताएको बैठकमा सहभागी एक नेतालेजनाए ।
‘अहिले देशको परिस्थितिलाई नजरअन्दाज नगर्न उनले नेताहरुलाई अनुरोध गरे । ‘यो परिस्थितिको आवश्यकता के हो त ?’ प्रश्न गर्दै उनले भनेका थिए, ‘सदन र सदन बाहिरको अवस्थालाई हामीले हेरेर बुझ्न सक्छौं ।’
यसअघि सांसद पदको शपथ ग्रहण गर्न सिंहदरबार पुगेका बेला सुहाङले सञ्चारकर्मीहरूसँग कुरा गर्दै संसदीय दलको नेता बन्न आफू तयार रहेको बताएका थिए । ‘पार्टीले मलाई अगाडि बढ भन्दा मैले खुट्टा कमाउदिनँ,’ उनले भनेका थिए ।

















