करेन्ट लागेर मृत्यु

17

काठमाडौं । धनुषा, धनुषाधाम नगरपालिका-५ धनुषाधाम बस्ने जाजरकोट घर भएका ३० वर्षीय देवराम सिंहको करेन्ट लागेर बुधबार दिउँसो मृत्यु भएको छ । क्षिरेश्वरनाथ नगरपालिका-१० हार्सर टोलस्थित एनसेल कम्पनीको टावरमा काम गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको जानकी मेडिकल कलेज रमदैयामा उपचारको क्रममा मृत्यु भएको हो ।

कैलाली, मोहन्याल  गाउँपालिका-५ बस्ने ३१ वर्षीय यज्ञ बुढामगरको करेन्ट लागेर बुधबार दिउँसो मृत्यु भएको छ । गोदावरी नगरपालिका-१२ चौकीस्थित मछेली खोलामा करेन्ट लगाई माछा मार्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here