नवनिर्वाचित सभामुखले लिए शपथ

5

काठमाडौं । प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख डोलप्रसाद अर्यालले पद तथा गोपनियताको शपथ लिएका छन्।

आइतबार शीतल निवासमा आयोजित एक विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई पद तथा गोपनियताको शपथ ग्रहण गराएका हुन्।

समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री बालेन्द्र साह, कायममुकाय प्रधानन्यायाधीश सपना मल्ल प्रधान, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, मन्त्रीहरु, सांसदहरुलगायतको उपस्थिति थियो।

राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति अर्याल आजै बसेको प्रतिनिधि सभा बैठकबाट सभामुख निर्विरोध निर्वाचित भएका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here