प्रहरीलाई प्रभावकारी रूपमा काम गर्न नदिएको संकेत

6

काठमाडौं । शपथ लिएदेखि नै पक्राउको रफ्तारमा लागेका गृहमन्त्री सुधन गुरुङले विगतमा प्रहरीलाई प्रभावकारी रूपमा काम गर्न नदिएको संकेत गरेका छन्।

आइतबार बिहान सामाजिक सञ्जालमार्फत उनले यस्तो धारणा सार्वजनिक गरेका हुन्।

सामाजिक सञ्जाल फेसबुकमा लेख्दै गृहमन्त्री गुरुङले ‘३६ वर्षसम्म हतकडी सुरक्षाकर्मीलाई नै लगाइएको रहेछ’ भन्ने टिप्पणी गरेका छन्।

उनको यो टिप्पणीले जसले विगतमा कानुन कार्यान्वयनमा अवरोध भएको संकेत गर्दछ।

गुरुङ गृहमन्त्री नियुक्त भएकै रात पूर्वप्रधानमन्त्री एवम् नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री एवम् नेपाली कांग्रेसका नेता रमेश लेखक पक्राउ परेका थिए।

उनीहरू जेनजी आन्दोलनसँग सम्बन्धित घटनामा पक्राउ परेका हुन्। यसपछि क्रमश: भ्रष्टाचार, घरेलु हिंसा, गुण्डागर्दी तथा जनतालाई सास्ती दिएको आरोपमा प्रहरीले धमाधम पक्राउ गरिरहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here