काठमाडाैं । महानगरपालिकाले मन्त्रिपरिषद्को निर्णयबमोजिम आज चैत २३ देखि महानगरपालिका मातहतका सबै कार्यालय बिहान ९ बजेदेखि अपराह्न ५ बजेसम्म खुल्ने तथा शनिबार र आइतबार बिदा दिइने जनाएको छ।
काठमाडौं महानगरपालिकाको प्रशासन विभागले सूचना जारी गरी कार्यालय समय र बिदाको नयाँ नियम आजैदेखि लागु हुने जानकारी आफ्ना जनप्रतिनिधि, कर्मचारी, महानगरवासी तथा सम्बन्धित सबैलाई गराएको हो। यससाथै महानगरपालिकाले मातहतका सबै कार्यालयलाई सोहीबमोजिम व्यवस्था मिलाउन पनि निर्देशन दिएको छ।



















