नेपालभाषा आन्दोलनका अगुवा विष्णु चित्रकारकाे निधन (भिडियाे सहित)

20
काठमाडौं । नेपालभाषा आन्दोलनका अगुवा विष्णु चित्रकारकाे निधन साेमबार भएकाे छ ।
आफ्नो जीवनभर मातृभाषामा जीवन सर्मपण गरेका विष्णु चित्रकारको ७६ बर्षको उमेरमा देह त्याग गरेको छ ।
मुस्ताङ भ्रमणका क्रममा साथीहरूसँग भ्रमणमा रहँदा सुतिरहेकै अवस्थामा चैत्र २३ गते सोमवाबार बिहान एक्कासी हृदयघाट भएपछि उहाँको निधन भएको हो।
उनलाई हृदयघात भए पश्चात  स्थानीय अस्पताल पुर्याएको थियो भने चित्रकारसँगै उनकी श्रीमती विद्या चित्रकार पनि साथमा मुस्ताङ पुगेका थिए।
अस्पताल पुर्याउनासाथ चिकित्सकहरूले उनलाई मृतक घोषणा गरिएको थियो । उनको पार्थिव शरीर एम्बुलेन्स मध्यरातमा काठमाडौंमा आइपुगेको थियो ।
भाषासेवी, शिक्षाविद् तथा नेपालभाषा क्षेत्रमा चर्चित रहेका विष्णु चित्रकार भुतपूर्वप्रधानमन्त्री एवम् नेपाली कम्युनिष्ट पार्टीका नेता झलनाथ खनार्लका ससुरा दाई समेत हुनुहुन्छ ।उनको अन्तिम श्रद्वाञ्जली मंगलबार बिहान ८ बजेदेखि १० सम्म जगत सुन्दर ब्वनेकुथिमा गरिएको कार्यक्रममा शोक वक्तव्य प्रस्तुत गरिएको थियो ।
नेकपा एमाले नेता सुरेन्द्र पाण्डे, कृष्णगोपाल श्रेष्ठ, राजेन्द्र राजेकुमार श्रेष्ठ, काठमाडौं महानगरपालिकाका भुतपुर्व मेयर विद्या सुन्दर शाक्य, मल्ल के सुन्दर, डा. महेशमान श्रेष्ठ, युवा नेता सुमन साय्मी, नेवाः देय् दबूका भर्खरै मात्रै अध्यक्ष रहनु भएका रश्मिला प्रजापति, देय् दबूका भुतपर्व अध्यक्ष पबित्र बज्रार्चाय, डा. चुन्दा बज्रार्चाय लगायतले उनको पार्थिव शरीरमा पुष्प गुच्छा अर्पण गर्दै उनले नेपालको राजनैतिक तथा भाषिक तथा समाजमा सेवा  दिइएको योगदानको चर्चा गर्नु भएको थियो । एक मात्र सन्तानका पिता रहनु भएको चित्रकारको उनको अन्तिम संस्कार काठमाडौंको शोभा भगवतीस्थित कर्णदीपमा नेवाः परम्परा अनुसार मंगलबार गरिएको थियो  ।
नेवाः आन्दोलनका अग्रज, नेपाल संबतका अभियन्ता, भाषासेवी, आदिबासी नेवाः राजजनैतिक अभियानका संस्थापक सदस्य, जगत सुन्दर ब्वनेकुथि संस्थापक समेत रहनु भएकाे छ ।
नेपाल लिपि युनिकोड दर्ताका लागि समेत अतुल्नीय योगदान दिनु भएका  चित्रकारकाे निधनले नेपालभाषा क्षेत्रमा अहिले ठूलो बज्रपात परेको छ ।
https://www.youtube.com/watch?v=VcZAEvETK1w&t=595s

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here