बहुविवाह मुद्दाका दुई जना फरार प्रतिवादी पक्राउ

7

स्याङ्जा । बहुविवाह मुद्दाका दुई जना फरार प्रतिवादीहरूलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा विरूवा गाउँपालिका-४ बस्ने ५२ वर्षीय उमाकान्त पोखरेल भन्ने हुम बहादुर थापा र ४६ वर्षीया शारदा देवी पोखरेल रहेका छन् ।

जिल्ला अदालत स्याङ्जाको २०५३ वैशाख १९ गतेको फैसलाले उक्त मुद्दामा दुवै जनालाई जनही २ महिनाको कैद सजाय ठहर भई फरार रहेका उनीहरूलाई जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

उनीहरूलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत स्याङ्जामा पेश गरिएकोमा अदालतको आदेशले कैद भुक्तानको लागि जिल्ला कारागार स्याङ्जा पठाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here