बर्खामा सरदरभन्दा कम पानी पर्ने सम्भावना

16

काठमाडाैं । यस वर्ष मनसुन अर्थात् बर्खामा देशका धेरैजसो ठाउँमा सरदरभन्दा कम पानी पर्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

विभागको जलवायु विज्ञान महाशाखाले शुक्रबार (वैशाख २५ गते) जारी गरेको प्रक्षेपणअनुसार यस वर्ष मनसुनमा देशका धेरैजसो ठाउँमा सरदरभन्दा कम वर्षा हुने सम्भावना देखिएको हो।

विभागले जारी गरेको विज्ञप्तिमा अगाडि भनिएको छ, ‘अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि देशभर सरदरभन्दा बढी रहने सम्भावना छ। अर्थात् गर्मी बढी हुने सम्भावना देखिन्छ।’

नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ तारिख हो। तर ठ्याक्कै यही मितिमा नभई केही दिन अघि वा पछि नेपालमा मनसुन प्रवेश गर्ने गरेको छ।

मौसम विभागका अनुसार नेपालमा जेठ १८ देखि असोज १४ सम्म ४ महिना मनसुन अर्थात् बर्खायामको अवधि हो। नेपालबाट मनसुन बाहिरिने सरदर मिति अक्टोबर २ तारिख हो। तर यो पनि केही दिन अघि पछि हुन्छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here