सुनचाँदीको मूल्यमा गिरावट

15

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुन र चाँदीको मूल्यमा उल्लेखनीय गिरावट आएको छ।

बिहीबारको तुलनामा सुनको मूल्य तोलामा चार हजार रुपैयाँले घटेर प्रतितोला दुई लाख ९८ हजार पाँच सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। बिहीबार सुन प्रतितोला तीन लाख दुई हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ। बिहीबार प्रतितोला पाँच हजार सात सय ४५ रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार घटेर पाँच हजार तीन सय ९० रुपैयाँमा पुगेको छ, जसअनुसार तोलामा तीन सय ५५ रुपैयाँले कमी आएको हो।

महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्य घटेर प्रतिऔंस चार हजार पाँच सय ७५ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here