वायु सेवा निगमकाे ऋणको ५३ अर्ब पुग्याे

13

काठमाडाैं । नेपाल वायु सेवा निगमले विमान खरिदका लागि कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषसँग लिएको ऋणको सावाँ र ब्याज झण्डै ५३ अर्ब बराबर पुगेको छ।

महालेखापरीक्षकको ६३औँ वार्षिक प्रतिवेदनका अनुसार उक्त रकम भुक्तानी गर्नुपर्ने उल्लेख गरिएको छ।

निगमले ए–३२० तथा ए–३३० जहाज खरिदका लागि सरकारको जमानीमा २०७० असार ४ गते र २०७४ जेठ २८ मा कर्मचारी सञ्चय कोषबाट २२ अर्ब बराबरको ऋण लिएको थियो।

यस्तै, नागरिक लगानी कोषबाट १२ अर्ब बराबरको ऋण लिएको थियो।

कुल तिर्न बाँकी सावाँ तथा ब्याज गरी कर्मचारी सञ्चय कोषलाई ३१ अर्ब ३३ करोड ९२ लाख ३१ हजार र नागरिक लगानी कोषलाई २१ अर्ब १२ करोड १७ लाख बराबर रहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here