रास्वपाका सांसद कृष्णकुमार कार्कीकाबारेमा अर्थार्थता माग

22

काठमाडौँ- एक नाइजेरियन युवतीलाई गर्भवती बनाएर फरार रहेको आरोप लागेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद कृष्णकुमार कार्कीकाबारेमा संसदमा अर्थार्थता माग गरिएको छ।

मोरङ निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित कार्कीले नाइजेरिया कि २६ वर्षीया युवती रिता अजुकोलाई गर्भवती बनाएर अलपत्र पारेको समाचार जनआस्था डटकममा सोमबार प्रकाशित भएको थियो। त्यसबारे मंगलबार (आज)को संसद बैठकमा सांसहरूले प्रश्न उठाएका छन्।

नेपाली कांग्रेसकी सांसद निनुकुमारी कर्णले सांसद कार्कीकाबारेमा आएका विषय के हुन्? भनी प्रश्न उठाउँदै सोको बारेमा छानबिन गरेर संसदलाई जानकारी गराउन माग गरेकी हुन्। उनले सांसदको यस्तो कुराले प्रत्येक नारी शक्तिको मनमा गम्भीर प्रश्न उठेको पनि बताइन्।

कर्णले प्रेमजालमा पारेर अलपत्र पार्ने सांसदले आफ्नो देशको नागरिकलाई कसरी सुरक्षा दिन सक्छ? भन्दै प्रश्नसमेत गरिन्। ‘एउटा विदेशी महिलालाई प्रेम जालमा फसाउने भावनात्मक ब्ल्याकमेल र जालझेल पारेर अलपत्र पार्ने जनप्रतिनिधिले आफ्नो राष्ट्रको नागरिकलाई कसरी सुरक्षा दिन सक्छ?’, उनले प्रश्न गरिन्।

यस्तै, नेकपा एमालेकी सांसद पार्वती बिकले पनि कार्कीकाबारेमा आएका विषयको यथार्थताबारे सदनलाई जानकारी गराउन माग गरेकी छन्। उनले यदि गर्भवती बनाएर फरार रहेको विषय हो भने कार्कीलाई कारबाहीका लागि मागसमेत गरिन्। ‘म जान्न चाहन्छु अथार्थ कुरा हो। यो सदन जान्न चाहन्छ। यदि हावा कुरा गरिएको हो भने पनि हाम्रो राष्ट्रियताका लागि सैय हुँदैन। अर्थात हो भने माननीयलाई सिधै कारबाहीको दायरामा ल्याउनुपर्छ,’ बिकले भनिन्।

उनले यो घटनाले एकदमै पीडादायिक अवस्था सृजना गरेकोसमेत बनाइन्। ‘एक जना सत्तापक्षका सांसदले इजरायली एक जना महिला नागरिकलाई गर्भवती बनाएर माननीयज्यू बेपत्ता भएको कुरा सामाजिक सञ्जालमा सर्वत्र छ। यो कुराले एकदमै पीडादायिक अवस्था सृजना गरेको छ’, उनले अगाडि भनिन् ‘अन्तर्राष्ट्रिय जगतमा नेपालीहरूलाई बुझ्ने तरिका के हो। विदेशीहरूले हामीलाई कसरी हेर्छन् र हामीलाई कुन ढंगले बुझ्नछन् भन्ने कुरा मैले बुझिराखेको छु।’

सांसद् कार्की सोमबारको संसद् बैठकमा बोल्नका लागि नाम टिपाएर पनि अनुपस्थित भएका थिए। सभामुख डीपी अर्यालले पटक-पटक उनको नाम बोलाउँखा पनि उनी उपस्थित भएनन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here