काठमाडौं । बालेन शाह नेतृत्वको नयाँ सरकारको प्राथमिकताबारे छिमेकी राष्ट्र चीनले पनि चासो राखेको परराष्ट्रमन्त्री शिशिर खनालले जानकारी गराएका छन् ।
बुधबार प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा मन्त्री अनालले नयाँ सरकारको चीनसँग पनि संवाद भइराखेको जनाए ।
रास्वपा दुई सिट कम दुइ तिहाइ बहुमतमा छ । रास्वपाको एकल बहुमतको सरकार रहेका बेला चीनले नयाँ सरकारको प्राथमिकता के कसो छन् भनेर चासो राखेको हो ।
मन्त्री खनाल भन्छन्, ‘भूराजनीति जटिलताका बाबजुद नेपाललाई एउटा बलियो, स्थिर, गतिशील राष्ट्रका रुपमा अगाडि बढाउने क्रममा परराष्ट्र मन्त्रालय साना–साना मसिना पालिकाका डकुमेन्टदेखि समग्र अन्तर्राष्ट्रिय सम्बन्ध र युएनमा हाम्रो प्रेजेन्ससम्मका विषयमा हामी एकदमै मेहनतका साथ लागि राख्या छौं ।’

















