बजेट आकार जीडीपीको अनुपातमा सानो : अर्थमन्त्री

7

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेट आकारका हिसाबले ठूलो देखिए पनि कुल गार्हस्थ्य उत्पादन (जीडीपी)को अनुपातमा भने सानो रहेको जनाएका  छन्।

अर्थ मन्त्रालयमा भएको पत्रकार सम्मेलनमा उनले चालु आर्थिक वर्षका लागि प्रक्षेपित जीडीपी करिब ७४ खर्ब ५८ अर्ब रुपैयाँ रहेको उल्लेख गर्दै बजेट त्यसको जम्मा २८.५ प्रतिशत मात्र रहेको जनाए। उनले जीडीपीको अनुपातमा बजेटको आकार ३० प्रतिशतभन्दा माथि जाने विगतको प्रवृत्तिलाई तोडेर राज्यको कार्यान्वयन क्षमता अनुकूल हुने गरी बजेट ल्याइएको दाबी गरे।

उनले जीडीपीको वास्तविक आकार आगामी दिनमा केही तलमाथि हुन सक्ने र त्यसबारे मध्यावधि समीक्षामा थप मूल्यांकन गरिने बताए। उनले बजेटको आकार निर्धारण गर्दा राज्यको स्रोत, क्षमता र कार्यान्वयन पक्षलाई विशेष ध्यान दिइएको जनाए ।

उनले भने, ‘प्रक्षेपिक जीडीपीको सापेक्षतामा जम्मा २८.५ प्रतिशतको बजेट आएको छ। हाम्रो प्रक्षेपित जीडीपी ७४ खर्ब ५८ अर्ब छ। अब त्यो अलिकति तल पनि हुन सक्छ, त्यो पछिको कुरा भयो। मध्यावधि संशोधनमा हामी ती कुराहरू हेरौँला। तर आजका मितिमा यो ३० प्रतिशतभन्दा माथिको ट्रेन्डलाई हामीले भत्काएर अहिले त्यही पुरानो २५ देखि, राज्यको क्षमता अनुकूल हुने गरेर आकारलाई, त्यसैले बजेट ठुलो होइन, जीडीपीको सापेक्षतामा सानै बजेट आएको छ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here