जुवातास खेलिरहेको अवस्थामा ८ जना पक्राउ

15

 

चितवन । भरतपुर महानगरपालिका-५ सिमाना टोल बस्ने ५० वर्षीया कृष्ण कुमारी तामाङको घरमा जुवातास खेलिरहेको अवस्थामा कृष्ण कुमारी समेत ८ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको उनीहरूलाई प्रहरीले नगद ४४ हजार ८ सय ४५ नेपाली रूपैयाँ, ५ सय भारतीय रूपैयाँ  र ४ बुक तास सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्‍यक अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here