विश्वकप फाइनल हुने रंगशाला धुवाँमय

14

काठमाडाैं । क्यानडाको डढेलोका कारण निस्किएको बाक्लो धुवाँले विश्वकप २०२६ को फाइनल खेल हुने ‘न्यूयोर्क न्यूजर्सी स्टेडियम’ लाई ढाकेको छ ।

आइतबार हुने स्पेन र अर्जेन्टिनाबीचको बहुप्रतीक्षित उपाधि भिडन्तअघि रंगशाला क्षेत्र धुवाँमय बनेपछि यस क्षेत्रमा वायु प्रदुषणसम्बन्धी अलर्ट जारी गरिएको छ ।

सार्वजनिक भएका दृश्यहरूमा क्यानडाको डढेलोको धुवाँका कारण रंगशाला र वरपरको क्षेत्र तुवाँलो लागेझैँ धमिलो देखिएको छ । खेलको समय अगाडि वायुको गुणस्तर खस्किएपछि सर्वसाधारण तथा खेलप्रेमीमा चिन्ता बढेको छ ।

मौसमविद्ले अब हुने वर्षाले खेल सुरु हुनुअघि मौसम सफा गर्न सक्ने अनुमान गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here