कारमा लागेकाे आगलागीबाट मृत्यु

27

काठमाडौं । कीर्तिपुरमा कारमा आगलागी भएको छ।

मंगलबार साढे ११ बजेतिर कीर्तिपुर नगरपालिका-१ मा रोकिराखेको बा ५ च ३०३८ नम्बको कारमा आगलागी भएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेश राज सुवेदीले जानकारी गराए।

उनका अनुसार उक्त कारभित्र एक जना व्यक्ति समेत थिए। ‘आगलागी कसरी भएको हो भन्ने खुलेको छैन। कारमा एक व्यक्ति समेत रहेको खुलेको छ। उनको भित्र जलेर मृत्यु भएको खबर प्राप्त भएको छ,’ उनले भने।

अहिले आगलागी नियन्त्रणमा लिइएको उनले जनाएका छन्। प्रहरीले घटनाबारे थप अनुसन्धान अघि बढाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here