लगानी बोर्डको सिइओमा याङ्की उक्याब नियुक्त

8

काठमाडौं । लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा याङ्की उक्याब नियुक्त भएकी छन् ।

मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले उनलाई सिइओ नियुक्त गरेको हो ।

उनी विकास अर्थशास्त्र र सार्वजनिक नीतिकी विज्ञ हुन् । उनले बेलायतका युनिभर्सिटी अफ् अक्सफोर्डबाट मास्टर अफ पब्लिक पोलिसी अध्ययन गरेकी छन् ।

यसअघि फिजीस्थित संयुक्त राष्ट्रसंघ विकास कार्यक्रमको प्रशान्त क्षेत्रीय कार्यालय वरिष्ठ नीति सल्लाहकार तथा यूएनडीपी नेपालमा विकास अर्थशास्त्रीको रूपमा काम गरिसकेकी छन् ।

त्यसो त उनले लगानी बोर्डमै वित्त तथा लगानी परामर्शदाताको रूपमा काम गरेकी थिइन् । लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतको कार्यकाल चार वर्षको हुन्छ। बोर्डको अध्यक्ष प्रधानमन्त्री र उपाध्यक्ष अर्थमन्त्री रहने व्यवस्था छ। प्रमुख कार्यकारी अधिकृत बोर्डको सदस्यसचिव पनि हुने पनि व्यवस्था छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here