नवनियुक्त उपकुलपति डा. अङ्कुर साहले गोपनीयताको शपथ लिए

महेन्द्रनगर (धनुषा) ।  मधेश स्वास्थ्यविज्ञान प्रतिष्ठानका कुलपतिसमेत रहनुभएका मुख्यमन्त्री सरोजकुमार यादवले प्रतिष्ठानका नवनियुक्त उपकुलपति डा. अङ्कुर साहलाई आज पद तथा गोपनीयताको शपथ गराउनुभएको छ । सो अवसरमा मुख्यमन्त्री यादवले नवनियुक्त उपकुलपतिलाई गर्व गर्न लायक काम...

एसइई परीक्षाको तयारी लगभग पूरा

काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को तयारी पूरा भएको छ । राष्ट्रिय परीक्षा बोर्डले चैत्र १५ गतेदेखि हुन गइरहेको परीक्षाको तयारी लगभग पूरा भएको जनाएको हो । चैत १५ गतेबाट सुरु भई...

गुणस्तर अभिवृद्धिका लागि छात्रबास सहित कक्षा संचालन

कपिलवस्तु । मायाँदेवी गाउँपालिका-१ पकडी अवस्थित श्री छत्रपाली तिर्थादेवी मा .वि. पकडीमा शिक्षाको गुणस्तरलाई अभिवृद्धि गर्नको लागि छात्राबासको व्यवस्था गरी क्भ्भ् मध्ये नजर गरी कक्षा सञ्चालन भइरहेको छ । बिद्यालयमा छात्रबासको व्यवस्थापन गरी पठनपाठन गराउँदा...

नयाँ शैक्षिक सत्र २०८१ सुरु हुनुअगावै विद्यार्थीको हातहातमा पाठ्यपुस्तक पुर्‍याउने

भक्तपुर । जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले नयाँ शैक्षिक सत्र २०८१ सुरु हुनुअगावै विद्यार्थीको हातहातमा पाठ्यपुस्तक पुर्‍याउने भएको छ । यसका लागि केन्द्रले यही चैत १५ गतेभित्र पाठ्यपुस्तक छपाइ सम्पन्न गरेर उपत्यकाबाहेक सातवटै प्रदेशमा रहेका केन्द्रको नौवटा वितरण...

प्रा.डा. भद्रमान तुलाधरको निधन

काठमाडौं । काठमाडौं विश्वविद्यालयका संस्थापकमध्येका एक प्रा.डा. भद्रमान तुलाधरको निधन भएको छ । मस्तिष्कघातका कारण विगत तीन सातादेखि अस्पतालमा उपचाररत तुलाधरको बुधवार काठमाडौंमा निधन भएको हो । प्रा.डा. सुरेशराज शर्मा, प्रा.डा. तुलाधर तथा प्रा. सीताराम...

महाशिला गाउँपालिकाले आर्थिकरुपमा विद्यार्थीलाई अनुदान उपलब्ध गराउने

पर्वत । सरकारले माध्यमिक तहसम्मको पठनपाठन निःशुल्क उपलब्ध गराउँदै आएको छ । उच्च शिक्षा पढ्नका लागि भने विद्यार्थीले शुल्क भुक्तानी गर्नुपर्ने व्यवस्था छ । आर्थिकरुपमा सबल विद्यार्थीले शुल्क तिरेरै भए पनि गुणस्तरीय शिक्षा लिइरहेका...

जनप्रतिनिधिका बालबालिकालाई सरकारी विद्यालयमा पढाउन निर्देशन

गुल्मी । गुल्मीको मुसीकोट नगरपालिकाले आगामी शैक्षिक शत्रदेखि सरकारी कर्मचारी र जनप्रतिनिधिका बालबालिकालाई अनिवार्यरूपमा सरकारी विद्यालयमा पढाउन निर्देशन दिएको छ ।  नगरपालिकाले सार्वजनिक सूचना जारी गरी नयाँ शैक्षिक शत्रदेखि अनिवार्यरूपमा सरकारी विद्यालयमा पढाउनुपर्ने निर्णय गरेको हो । नगरपालिकाभित्र सरकारी सेवा...

व्यवसायीले लगाएको ताला डेढ वर्षपछि खुल्याे

  बैतडी । नवनिर्मित विद्यालय भवनको कक्षाकोठामा निर्माण व्यवसायीले लगाएको ताला डेढ वर्षपछि खुलेको छ । कक्षाकोठाको अभावमा खुला चौरमा पठनपाठन गर्दै आएका विद्यार्थी बिरामी पर्न थालेपछि पञ्चेश्वर गाउँपालिकाले प्रहरीको सहयोगमा ताला खोलेको हो । सो गाउँपालिकाको वडा नम्बर...

राजर्षि जनक विश्वविद्यालयमा विभिन्न रिक्त पदमा दरखास्त आह्वान

काठमाडौं । जनकपुरमा अवस्थित राजर्षि जनक विश्वविद्यालयले विज्ञान प्रविधि तथा इन्जिनियरिङ सङ्काय डीन सहित विभिन्न रिक्त रहेका पदमा दरखास्त आह्वान गरेको छ । एक सूचना जारी गर्दै विश्वविद्यालयले डीन तथा निर्देशक पदहरूमा दरखास्त आह्वान...

छ सरकारी विद्यालयमा पुस्तकालय स्थापना

डडेल्धुरा  ।अजयमेरु गाउँपालिकाका छ सरकारी विद्यालयमा पुस्तकालय स्थापना गरिएको छ । विद्यालयको शिक्षाको गुणस्तरमा सुधार ल्याउन र विद्यार्थीको पढाइमा पहुँच बढाउनका लागि विद्यालयमा पुस्तकालय स्थापना गरिएको जनाइएको छ । पुस्तकालय स्थापनामा भक्त बिबि फर ह्युमानिटीको...

RECENT POSTS

HOT NEWS