प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका कारण अवरोधले संसद बैठक स्थगित

128

काठमाडौँ, २५ मङ्सिर । प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसको अवरोधपछि विहिबार बसेको व्यवस्थापिका–संसद्को बैठक कार्यसूचीमै प्रवेश नगरी स्थगन भएको छ ।
बैठकमा नेपाली काँग्रेस र नेपाल मजदुर किसान पार्टीका सांसदले विरोध जनाएपछि बैठक स्थगित भएको हो । कांग्रेसले संविधान संशोधनसम्बन्धी विषय कार्यसूचीबाट हटाइनुपर्नाका कारण सरकारबाट स्पष्ट जानकारी नआएसम्म बैठक चल्न नदिने घोषणा गरेको छ ।
विहिबारको बैठकमा भूकम्पबाट प्रभावित संरचनाको पुनःनिर्माणसम्बन्धी विधेयकको प्रतिवेदन व्यवस्थापिका–संसदमा पेस गर्ने कार्यसूची भएपनि प्रतिपक्षका अवरोधका कारण संसद सुचारु हुन सकेन । लामो समयदेखि संसद अवरोध गर्दै आएको मधेसी मोर्चाको विहिबार बसेको बैठकले पनि भूकम्प प्रभावित क्षेत्रमा पुनःनिर्माणको काम अघि बढ्न नसक्दा पीडित जनताले भोग्नुपरेको समस्या र मानवीय पक्षलाई दृष्टिगत गरेर पुनःनिर्माणसम्बन्धी विधेयकलाई संसद्मा प्रवेशमा रोक नलगाउने निर्णय गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here