सरकारी नेकपामा तीव्र धु्रवीकरण, प्रचण्डलाई थान्को लगाउने खेलमा ओली

259

काठमाडौं / भर्खरै एकताको बन्धनमा बाँधिएका पूर्व एमाले र माके कम्युनिष्टहरूको ब्राकेट कम्युनिष्ट पार्टीभित्र तीव्र ध्रुवीकरण सुरु भएको छ । पार्टी एकतालगत्तै एकताप्रक्रियाबाट आएका पुष्पकमल दाहाललगायत केही तत्कालीन एमालेका नेताहरूको समेत सहकार्यमा नेकपामा अध्यक्ष तथा प्रधानमन्त्री ओलीलाई साइजमा ल्याउन खोजेको समूहलाई तितरबितर पार्दै अध्यक्ष तथा प्रधानमन्त्री ओलीले आफूलाई तह लगाउन खोज्नेलाई नै थान्को लगाउने खेल प्रारम्भ गरेका छन् । गत सातासम्म ओलीविरुद्ध संगठित हुन खोजेका प्रचण्ड, झलनाथ, माधव, वामदेव र बादललगायतका नेताहरूमा फुट पैदा गराउन ओलीले आप्mना पुराना महाकाली सन्धिताकाका सहयात्री माधव नेपाललाई आप्mनो साथमा लिएर अरु नेताहरूको विचल्ली गराउने खेल सुरु गरेका छन् ।

 

हाल चीनको भ्रमणमा रहेका प्रधानमन्त्री ओलीले कार्यवाहक अध्यक्षको जिम्मा माधव नेपाललाई दिएर गएका छन् । जबकी तत्कालीन एमालेमा वरियतामा माधव नेपालभन्दा झलनाथ खनाल अगाडि थिए । ओलीको भ्रमणको पूर्वसन्ध्यामा प्रचण्ड सिंगापुर जानु र सिंगो पार्टीको जिम्मा माधव नेपाललाई दिनुले पनि प्रचण्ड र ओलीका बीचमा तिक्तता रहेको अनुमान लगाउन सकिन्छ ।

प्रचण्डलाई ओलीले थान्को लगाउन लागेको संकेत पाएरै ओलीको भ्रमण सुरु हुनुभन्दा पहिले उनी सिंगापुरतर्फ लागेको स्रोतले जनाएको छ । प्रचण्डको सचिवालयले भने श्रीमती सीता दाहालको उपचारका लागि प्रचण्ड सिंगापुर गएको उल्लेख गरेको छ । त्यो कुरा पुष्टि गर्न प्रचण्डको सचिवालयले सीता दाहाल विमानस्थलको आराम कक्षमा रहेको सोफामा सुतिरहेको तस्विरसमेत सार्वजनिक गरेको थियो । तर त्यो ओलीको चीन भ्रमणका बेला प्रचण्डको सिंगापुर भ्रमणको विषयलाई छायाँमा पार्नका लागि गरिएको रणनीतिका रूपमा कतिपयले व्याख्या गरिरहेका छन् ।
दुई पार्टी मिलेर ठूलो पार्टी बनेपछि अध्यक्ष र त्यसपछि प्रधानमन्त्री बन्ने सपना देखेका प्रचण्डको सपना ओलीले माधव नेपाललाई काखी च्याप्न थालेपछि उच्चस्तरीय भेटघाटतर्पm सिंगापुर गएको स्रोतले जनाएको छ । त्यहाँ प्रचण्डले आगामी रणनीतिका विषयमा विभिन्न पक्षसँग छलफल गर्ने स्रोतको दावी रहेको छ । पार्टी एकीकरण हुने विषयमा छलफल भइरहेका बेला पार्टी एकताका लागि माधव नेपालको सक्रियता देखेपछि त्यतिबेला पनि प्रचण्ड झस्किएका थिए । एमालेमा भावी अध्यक्षका रूपमा हेरिएका नेपाल पार्टी एकता हुँदा सबैभन्दा नोक्सानीमा पर्ने निश्चित देखिन्थ्यो । तर एकताका लागि नेपालको आश्चर्यजनक सक्रियताले प्रचण्ड झस्किएका थिए । कारण के थियो भने पार्टी एकतापछि हुने महाधिवेशनपश्चात आफू अध्यक्ष बन्ने सपना बोकेका प्रचण्डलाई माधव नेपालको चमकले कतै ओली र तत्कालीन एमालेले एकतापछि हुने महाधिवेशनमा अध्यक्ष नेपाललाई नै बनाउने विषयमा सहमति त गरेको छैन भन्ने विषयले पिरोलेको थियो, स्रोतले जनायो । यही आशंकालाई परीक्षण गर्न प्रचण्डले ओलीविरुद्ध माधवसमेतलाई संगठित गर्ने प्रयास थालनी गरेका थिए । त्यतिबेला प्रचण्डले एउटा पार्टी निकट अनलाईनलाई अन्तवार्ता दिँदै भनेका थिए, ‘यदि मेरो गतिलाई रोक्न कतैबाट प्रयास भयो भने म यस्तो सम्झौता तोड्न कुनै आइतबार पर्खिदैन ।’ यसको अर्थ थियो आफूलाई पार्टीमा अघि बढ्न नदिने अवस्थामा एमालेसँगको एकता नहुने उनको प्रष्ट संकेत थियो । पछिल्लो समय प्रचण्डको त्यही आशंका वास्तविकतामा परिणत हुन लागेको देखिन्छ । यसैकारणले प्रचण्डले पार्टी भित्रै ध्रुवीकरणको प्रयास सुरु गरेका हुन् ।

 

सशस्त्र क्रान्तिको पृष्ठभूमिबाट आएका प्रचण्डमाथि युद्धकालीन घटनाको पनि ठूलो दवाव छ । बेपत्ता छानबिन आयोग भूमिकाविहीन भएको छ, युद्धमा वेपत्ता भएकाहरूको अवस्थाप्रति सरकार निरिह बनेको छ । युद्धकालीन कार्यकर्ताको व्यवस्थापन उत्तिकै चुनौती छ । यस्ता सबै कुरालाई थाँती राखेर आफ्नो मात्र राजनीतिक करिअरलाई केन्द्रमा राखेर एमालेसँग एकीकरणमा होमिएका प्रचण्डमाथि अहिले पार्टीभित्रै धोका सुरु भएको आँकलन गरिएको छ । यसले प्रचण्डलाई घर न घाटको अवस्थामा पु¥याएको देखिन्छ । यसले गर्दा प्रचण्ड ब्राकेट नेकपाबाट कसरी पार लाग्ने भन्ने विषयमा केन्द्रित भइरहेको उनी निकट स्रोतले जनाएको छ ।

तत्कालीन माओवादी केन्द्र र एमालेबीचमा पार्टी एकता भएर ब्राकेट नेकपा बने पनि अहिले पनि तल्लो तहमा नेता कार्यकर्ताहरू व्यवस्थापन निकै चूनौतिपूर्ण बन्दै गइरहेको छ । यसको सबैभन्दा ठूलो नोक्सानी प्रचण्डलाई नै हुने देखिन्छ । पार्टीको नाम परिवर्तन भएपनि पार्टी क्रियाकलापमा अहिले पनि तत्कालीन एमालेकै प्रभाव प्रष्ट देखिन्छ । यो स्थितिले गर्दा प्रचण्डको साथमा रहेका कार्यकर्ताहरू विप्लव नेतृत्वको नेकपातिर प्रवेश गर्ने लहर चलेको छ ।
पार्टी एकीकरणपछि नेतृत्व तहदेखि तल्लो तहसम्म पनि प्रचण्डमाथि दवाव परिरहेको छ । तर त्यसलाई सम्बोधन गर्न तत्कालीन एमाले नेतृत्वले कुनै पहल नगरेपछि प्रचण्ड ‘नखाउँ भने दिनभरको सिकार खाउँ भने कान्छा बाबुको अनुहार’ जस्तो अवस्थामा पुगेका छन् । त्यही छटपटीलाई कसरी सम्बोधन गर्ने र आगामी लक्ष्य तय गर्ने भन्ने उद्देश्यले प्रचण्ड ओलीको चीन भ्रमणकै बेला सिंगापुरतर्फ लागेको अनुमान गरिएको छ । त्यसो त वर्तमान ओली सरकारको इज्जत प्रचण्ड समूहबाट एकतामा आएका रामबहादुर थापा बादलले धानिरहेका छन् । क्रान्तिकारी शैलीमा हरेक क्षेत्रमा नियमनकारी भूमिका खेलिरहेका बादलका कारण सरकार र पार्टीको समेत मनोबल उच्च भइरहेका बेला प्रचण्डमाथि पार्टी भित्रबाटै षडयन्त्रको बादल मडारिइरहेको देखिन्छ ।

 

घटनाक्रमहरूबाट प्रचण्ड थप शसंकित भइरहेको संंकेत मिलेको छ । क्रान्तिलाई धोका दिएर आफू सुरक्षित हुने दाउमा रहेका प्रचण्डमाथि एकपछि अर्काे चुनौती थपिन थालेपछि उनको बेचैनी बढिरहेको राजनीतिक वृत्तमा चर्चा हुन थालेको छ । यसलाई प्रचण्डले कसरी पार लगाउँछन्, आगामी दिनले पुष्टि गर्ने नै छ ।

(- जनधारणा साप्ताहिक)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here