बलात्कृत छोरीका पिताले बलात्कारीलाई बजारमा ल्याएर फाँसी दिन माग गरे

130

दाङ । देशैभरी जघन्य बलात्कार र तत्पस्चात विभत्स हत्याका घटनाहरु सार्वजनिक सार्वजनिक भइरहेका बेला दाङमा पनि ११ बर्षीय बालिका बलात्कृत भएकि छिन् ।

घोराही उपमहानगरपालिका वडा नं १४ रझेना बैकुण्ठद्वार शवदाहस्थल टोलमा एक ११ बर्षीय बालिका बलात्कृत भएको घटना सार्वजनिक भएको छ ।
शरीरीकरुपले असक्त, बोल्न नसक्ने, दृष्टिविहिन तथा छारेरोगले ग्रसित ११ बर्षीय बालिका (आभा नेपाली) साउन १० गते बिहान १०ः३० बजे बलात्कृत भएको खुलासा भएको छ ।

आभा नेपालीक वुवा शिव नेपालीका साथि घोराही उपमशानगरपालिका वडा नं १२ निबासी ३८ बर्षीय तेज बहादुर बस्नेतले बालिकाकी आमा चम्फा नेपाली घरछेउमै रहेको कटुवा खोलामा लुगा धुन गएको बेला मौका छोपि दिन दहाडै करणी गरेको पारिवारिक श्रोतले जनाएको छ ।

म लुगा धोएर आँउदा तेज बहादुर पहेँलो कट्टुसंग मात्र थियो भने छोरीको टाङ रगताम्य देखेपछि आत्तिदै श्रीमान्लाई खबर गरें । श्रीमान् नजिकैको शव दाहस्थलमा बृक्षारोपण गर्दैहुनुहुन्थ्यो ।
रझेनामा रहेको बैकुण्ठ प्रबेश श्मसानघाटमा मासिक ६ हजार रुपैयामा काम गर्दे आउनुभएका ४८ बर्षीय शिव नेपालीले भन्नु भयो हामि संगै काममा थियौ उसले एक छिन म सुत्न जान्छु भनेर कोठामा गयो जहाँ छोरी सुतिरहेकी थिइन्, मलाई यस्तो गर्ला भन्ने लागेकै थिएन ।

 

बाल्यकालमै प्युठान भिंग्रिबाट भारतमा रोजगारीका लागि हिंडेका शिव नेपालीको परिवार ४ महिना अघिमात्र नेपाल आएको हो । दाङ उद्योग बाणिज्य संघका अध्यक्ष नारायण भुसालको सहयोगमा घोराही उपमहानगरपालिकामा शव दाहस्थलको चौकीदारी तथा वेवारीसे शव जलाउने तथा शव दाह स्थलको सरसफाईको कार्य गर्दे आउनुभएका नेपालीको नाममा एक टुक्रा जग्गा समेत छैन । घोराही उपमहानगरपालिका द्धारा निर्मीत शव दाहस्थलमा निर्मित चौकिदार भवनमा गुजारा गर्दे आएका नेपालीको परिवारको आर्थिक अवस्था अत्यन्त जर्जर रहेको छ ।

दुई छोरी र १ छोरा बिहे गरी भिन्दै बसेका छन् भने एक छोरा रोजगारीको सिलसिलामा भारतको चण्डिगढ पुगेका छन् । बलात्कृत हुने साईली छोरी र कान्छी छोरी उनि संगै रहेका छन् ।

 

अत्यन्त संकट अवस्थामा रहेको नेपाली परिवारको बलात्कृत छोरीको योनीमा पाँच वटा टाँका लगाईएको छ ।
घटनाको दिनदेखि छोरी समय समयमा झस्किन्छे, वावुले भने । मैले पिरले नशा सेवन गर्न थालेको छु । अपराधीलाई बीच बजारमा ल्याएर सबैको आँखा अघि फाँसी दिएको हेर्न मन छ । उक्त अभियोगमा घोराही उपमहानगरपालिका वडा नं. १२ निवासी ३५ बर्षीय तेजबहादुर बस्नेत पक्राउ परेको समाचार दाङबाट रेडियो सूर्यगंगाले बिष्णुकुमार देवकोटाको रिपोर्टिङको रुपमा सम्प्रेषण गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here