तोरीको तेल का अदभुत फाइदा, आजै उपयोग गर्नुहोस

206

तरकारीको महत्वपूूर्ण स्रोत मानिएको तेलहजारौं वर्षदेखि लोकप्रिय रहँदै आएको छ । तोरीको तेल भारत तथा नेपालमा खाना पकाउन प्रयोग हुँदै आएको छ ।

यी चिप्लो पदार्थ मुटुको धमनकिा भित्तामा गएर बस्न सक्दैन । यसमा कार्बोहाइड्रेट, फाइबर, प्रोटीन, भिटामिन र मिनरल पाइदैंन । एक टेबलचम्चा तेलमा १२४ क्यालोरी पाइन्छ । जसमा १४ ग्राम फ्याट हुन्छ ।

चिसो र रुघा निको पार्छ :  तोरीको तेल लामो समयदेखि चिसो हटाउने प्राकृतिक पदार्थका रुपमा प्रयोग हुँदैं आएको छ । यसमा तातो बनाउने तत्व हुन्छ, जसले श्वासप्रश्वास नलीलाई सफा पार्छ । रुघा लागेको बेला तातो पानीमा जिरा र केही चम्चा तोरीको तेल हालेर बाफ लिने हो भने रुघा निको हुन्छ र घाँटी सफा पार्छ ।

क्यान्सरको खतरा घटाउँछ : अनुसन्धानहरुबाट तोरीको तेलमा क्यान्सरविरुद्ध लड्ने तत्व पाइएको छ । यसमा पाइने लिनोलेनिक एसिड ओमेगा थ्रि फ्याटी एसिडमा परिवर्तन हुन्छ, जसले पेट तथा कोलोन क्यान्सर रोकथाम गर्छ ।

मुटुुका लागि उपयोगी : तोरीको तेलमा मोनोस्याचुरेटेड र पोलिअनस्याचुरेटेड फ्याटी एसिड प्रशस्तमात्रामा पाइन्छ । यसका साथै ओमेगा थ्रि र ओमेगा सिक्स फ्याटी एसिड पनि पाइन्छ । यी फ्याटी एसिडले मुटु रोगको खतरा ५० प्रतिशतले कम गर्न मद्दत पुु¥याउँछन् । तो

प्राकृतिक शक्तिबद्र्धक : तोरीको तेललाई प्राकृतिक शक्तिबद्र्धकका रुपमा लिइन्छ । तोरीको तेलले छालामा मसाज गर्दा रक्तसन्चार प्रणाली र पसिना ग्रन्थीमा सुधार ल्याउँछ । यसका साथै यसले पाचन प्रणालीमा सुधार ल्याउँछ ।

जोर्नी दुख्ने र बाथ निको पार्छ : तोरीको तेलले नियमित मसाज गर्ने हो भने शरीरमा रक्तसन्चार बढाई जोर्नी दुख्ने र बाथको समस्या निको हुन्छ । यसमा हुने ओमेगा थ्रि फ्याटी एसिडले बाथसम्बन्धी दुखाईलाई हटाउने तत्वका रुपमा काम गर्छ ।

शरीरका अंगहरुको कार्यमा सुधार ल्याउँछ : तोरीको तेलले मसाज गर्ने हो भने शरीरमा रक्तसन्चारलाई बढाई ताजा महसुस गराउँछ र अंगहरुको कार्यक्षमता पनि बढ्छ । नवजात शिशुलाई तोरीको तेलले मसाज गर्ने चलन धेरै देशमा छ । यसले शरीर बलियो बनाउने, स्वास्थ्य राम्रो बनाउने र ताप दिने कुरा अध्ययनबाट पनि प्रमाणित भएका छन् ।

दममा उपयोगी : तोरीको तेलको उपयोगले यसको लक्षण र प्रभावलाई व्यवस्थित गरी घटाउन सकिन्छ । दम यस्तो रोग हो, जसको कुनै उपचार छैन । तर  यो दमका लागि सबैभन्दा बढी प्रभावकारी सुरक्षित उपाय हो । खैरो तोरीको तेल छातिमा लगाउने हो भने फोक्सोमा हावाको आपूर्ति बढ्छ । एक टेबलचम्चा शुद्ध तोरीको तेललाई महमा मिसाएर दिनको तीनपटक खाने हो भने दमको आक्रमणलाई रोक्न सकिन्छ ।

अन्य फाइदा : मष्तिष्कको कार्यक्षमता बढाउँछ, दाँत सेतो बनाउँछ र दाँतसम्बन्धी समस्या हटाउँछ, छाला स्वस्थ बनाउन मद्दत गर्छ, शरीरका काला धब्बा हटाउँछ, प्राकृतिक सनस्क्रीनको काम गर्छ, छाला सुख्खा हुन दिँदैंन र संक्रमणबाट जोगाउँछ, कपाल झर्नबाट जोगाउँछ, सुख्खा हुुन दिँदैंन, कपाल चाँडै फुल्न दिँदैंन, तोरीको तेल चायाँ पर्न दिँदैंन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here