पहिलो राष्ट्रिय परिचयपत्र १०१ वर्षकी भगवती भण्डारीलाई

269
????????????????????????????????????

पाँचथर / नेपालको पहिलो राष्ट्रिय परिचयपत्र १०१ वर्षकी भगवती भण्डारीले प्राप्त गर्नुभएको छ ।

गृहमन्त्री रामबहादुर थापाले नेपालको पहिलो राष्ट्रिय परिचयपत्र १०१ वर्षकी भगवती भण्डारीलाई प्रदान गर्नुभएको छ ।

पाँचथरको फिदिम बजारको शहीद मञ्चमा आयोजित विशेष समारोहबाट राष्ट्रिय परिचयपत्र वितरण कार्यक्रमको सुरुवात भएको हो । फिदिम नगरपालिका–४, शान्तिपुरकी १०१ वर्षीय भगवती भण्डारीलाई गृहमन्त्री थापाले परिचयपत्र वितरण गरेर नेपालको परिचयपत्र वितरणको थालनी गर्नुभएको हो ।

भण्डारी नेपालको राष्ट्रिय परिचय पत्र पाउने पहिलो व्यतिm बन्नुभएको छ । आफूले परिचयपत्र पाएपछि भण्डारीले गृहमन्त्री थापालाई परिचय पत्र वितरण गर्नुभएको थियो । गएको असार ५ गतेबाट पाँचथरमा सुरु भएको राष्ट्रिय परिचय पत्रको विवरण संकलन पनि भण्डारीबाटै सुरु गरिएको थियो ।

राष्ट्रिय परिचय पत्र वितरणको लागि पाँचथर जिल्लामा असारदेखि अहिलेसम्म ५२ हजारभन्दा बढीको विवरण संकलन गरिएको छ । पाँचथरमा सोमबार भगवती र गृहमन्त्री थापालाई राष्ट्रिय परिचयपत्र वितरण गरिएको र मंगलबारदेखि क्रमशः विवरण संकलन गरिएका अन्य नागरिकलाई परिचयपत्र वितरण गरिनेछ ।

पहिलो चरणमा पाँचथरका एक लाख १० हजार नेपाली नागरिक र सिंहदरबार भित्रका सात हजार कर्मचारीलाई परिचयपत्र वितरण गरिने राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागका  महानिर्देशक दीपक काफ्लेले वताउनुभयो ।

यसै आर्थिक वर्षमा प्रदेश १ का झापा र संखुवासभा, प्रदेश २ का महोतरी र सप्तरी, प्रदेश ३ का ललितपुर, रसुवा र चितवन, गण्डकी प्रदेशका तनहुँ र स्याङजा, प्रदेश ५ का कपिलवस्तु र गुल्मी, कर्णाली प्रदेशका सल्याण र जुम्ला तथा सुदूरपश्चिम प्रदेशका कञ्चनपुर र अछाम जिल्लामा राष्ट्रिय परिचय पत्र विवरण संकलन तथा वितरणको थालनी गर्ने विभागले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here