‘सारेगमप’ बाट बाहिरिएकी मेनुकाको प्रस्तुति म्याजिकल नभएको जजको प्रतिक्रिया

102

 काठमाडौं / चर्चित भारतीय गायन रियालिटी शो ‘सारेगमप’ बाट नेपालकी प्रतियोगी मेनुका पौडेल बाहिरिएकी छन् । नेपाल आइडलमा कम भोट पाएर टप टेनबाटै बाहिरीएकी मेनुका भारतीय गायन रियालिटी शो ‘सारेगमप’बाट टप ११ को प्रतिस्पर्धामा कम भोट पाएपछि आउट बाहिरिएकी हुन् ।

सुमधुर आवाजकी धनी मेनुका पौडेल आफुसंग भएका प्रतिभा प्रस्फुटन गराउने क्रममा भारतीय टेलिभिजन को चर्चित रियालिटि सो सारेगामापाको इतिहासमै पहिलो पटक नेपालीले तहल्का मच्चाइरहेकि मेनुकाको उक्त रियालिटी शोका जजहरुले निकै प्रशंसा गर्ने गरेका थिए ।

अडिसनमा उनले लता मंगेशकरको आवाजमा रहेको ‘जाने क्या बात है ’ गीत गाउँदा शोमा उपस्थित जजसँगै जुरी मेम्बरलेहरू आँशु झारेका थिए। उनको प्रस्तुतीको सरहाना गर्दे सबै जजहरू र उपस्थित अन्यले स्ट्याण्डिङ ओभिसनसमेत पाउँदै आएकी थिइन् । तर मेनुकाको यात्रा धेरै टिक्न सकेन ।

गत शनिबार प्रशारित पछिल्लो एपिसोडमा आफ्नो छैंटौं प्रस्तुति दिएकी मेनुकाले कम स्कोर ल्याइन् । उक्त एपिसोडमा ‘सारेगामप लिटल च्याम्प’ का विजेता श्रेयान भट्टाचार्यसँग युगल गाएकी मेनुकालाई जजहरुले ८८.७ प्रतिशत स्कोर दिए । जज वाजिद खानले मेनुकाको प्रस्तुति सुन्दर भए पनि म्याजिकल नभएको प्रतिक्रिया दिएका थिए ।

यस एपिसोडसँगै प्रतियोगितामा उनको यात्रा टुंगियो । उनी आउट भएको एपिसोड भोली प्रशारण हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here