लोकसेवाको परीक्षा बिथोल्न खोज्ने ४ जना पक्राउ

69

काठमाडौं– स्थानीय तहका कर्मचारीका लागि लोकसेवा आयोगले लिइरहेको परीक्षा बिथोल्न खोजेको भन्दै प्रहरीले खोटाङबाट ४ जनालाई पक्राउ गरेको छ।

दिक्तेलमा शनिबार बिहान भएको आयोगको पाँचौँ तहको परीक्षा सञ्चालन भइरहेको केन्द्रमा पुगेर बिथोल्न खोजेको भन्दै प्रहरीले नेपाल आदिवासी जनजाति महासंघ खोटाङका सचिव रविन खम्बु, सह–सचिव एलबी मगर, खोटाङ दलित विकास मञ्चका अध्यक्ष मिलन चाहार र सविना अछामेलाई पक्राउ गरेको हो।

आयोगको परीक्षा बिथोल्ने प्रयास गरेकाले तीन पुरुष र एक महिलालाई पक्राउ गरिएको प्रमुख जिल्ला अधिकारी विष्णुहरि उपाध्यायले जनाए। ‘परीक्षा केन्द्रमा प्रवेश गरेर हो–हल्ला गर्ने, प्रश्नपत्र र उत्तरपुस्तिका खोस्ने काम उनीहरुले गरेका छन्’,उनले भने, ‘उनीहरुको नियत हेर्दा जसरी पनि परीक्षा बिथोल्न खोज्ने देखियो, त्यसैले पक्राउ गरिएको हो।’

लोकसेवा आयोगले खुलाएको विज्ञापन विरोधमा शनिबार आह्वान गरिएको १ नम्बर प्रदेश बन्दअन्तर्गत परीक्षा केन्द्रमा पुगेका ४ जनालाई प्रहरीले धरपकड गरेको नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष हात्तीराम राईले आरोप लगाए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here