राष्ट्रपति बिरुद्धकाे नाराबाजीमा सेना र प्रहरी , ५० जना पक्राउ

11

काठमाडौं / पूर्वराजाको वकालत गर्दै राष्ट्रपति बिद्यादेवी भण्डारीबिरुद्ध नारावाजीमा उत्रिएपछि नेपाल प्रहरीका पूर्व प्रहरी नायव महानिरीक्षक (डिआइजी) बिजयराज भट्टलाई प्रहरीले आज नियन्त्रणमा लिएको छ । काठमाडौंको भूगोलपार्कबाट पूर्वडीआईजी भट्टलाई प्रहरीले पक्राउ गरी नियन्त्रणमा लिएको हो ।

इन्द्रजात्राको उपलक्ष्यमा राष्ट्रपति भण्डारी नभइ पूर्वराजा ज्ञानेन्द्र जानुपर्ने माग गर्दै प्रदर्शनमा उत्रिएका डीआईजी भट्ट, पूर्वमेजर केशव बस्नेतसहित ३५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो । राष्ट्रिय पहिचान संरक्षण संयुक्त संघर्ष समितिको नाममा उनीहरुले गणतन्त्र र राष्ट्रप्रमुखबिरुद्ध प्रदर्शन गर्न लागेको जानकारी पाएपछि पक्राउ गरिएको प्रहरीले जनाएको
छ । पक्राउ परेकाहरुबाट प्रहरीले २ सय ४८ वटा कालो रङको टिसर्ट र ब्यानर समेत बरामद गरेको छ ।

यसैबीच उच्छृंखल गतिविधिमा संलग्न ५० जना भन्दा बढीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here