कपिलवस्तु / कपिलवस्तुको महाराजगजं नगरपालिका वडा नं ११, वडेगाउको उत्तर वेलनदीमा एक महिलाको शव फेला परेको छ । अन्दाजि ६५ वर्षिय महिला नदीमा डुवेको अवस्थामा शव दखेपछि प्रहरीलाई खबर गरेका थिए । शवको अवस्था हेर्दा दुइ तिन दिन भन्दा पहिले वेलनदीमा महिला डुवेको हुन सक्ने इलाका प्रहरी कार्यालय महाराजगंजका प्रहरी नायब निरिक्षक अशोक कुमार श्रीवस्तावे जानकारी दिनु भयो ।
गुलावी साडी र कलेजो रगंको ब्लाउज लगाएको अवास्थामा शव फेला परेको हो । शवको पोष्ट मार्टमका लागि तौलिहवा अस्पतालमा पठाईएको छ ।