काठमाडौं- डबल नेकपाका अध्यक्ष केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि आफ्नो सरकारविरुद्ध अविश्वासको प्रस्तावको तयारी गरेको आरोप लगाएका छन् । आज पार्टी सचिवालय बैठकमा उनले अविश्वासको प्रस्तावका लागि खाली कागजमा सांसदहरुलाई हस्ताक्षर गराएको आरोप लगाएका हुन् । हस्ताक्षर गराउन छलछाम गरेको उनको टिप्पणी थियो ।
ओलीले प्रचण्डको नैतिकतामाथि प्रश्न गरे । प्रचण्डले भत्काउने बनाउने फेरि भत्काउने विषयलाई गर्वको विषय बनाएको टिप्पणी गरे ।
यस्ताे प्रम ३८ पृष्ठकाे प्रस्ताव
प्रचण्डले भारत भ्रमणमा जाँदा आलोपालो प्रधानमन्त्रीको सहमति भएको खुलासा गरेकोमा समेत गम्भीर प्रश्न उठाएका छन् । उनले प्रश्न् गरे, ‘यसबाट राष्ट्रिय स्वाधिनता, हित र स्थायीत्वमाथि गम्भिर प्रतिकूल असर पर्दैन ?’
मन्त्रिमण्डल पुर्नगठनमा प्रचण्डको असन्तुष्टिको जवाफ दिदै प्रधानमन्त्री ओलीले विश्वास गरेको टिम छनोट गर्ने अवस्थामा जोड दिए । उनले भने, ‘प्रधानमन्त्री बनाउने, तर उसले विश्वास गरेको टिम छनोट गर्न नपाउने ?’ ओलीले संयुक्त सरकारको प्रधानमन्त्रीभन्दा पनि बढी असहजताका बीच काम गर्नुपरिरहेको बताएका छन् ।
ओलीले आगामी महाधिवेशनबाट अध्यक्षको जिम्मेवारीमा नरहने र आगामी निर्वाचन पश्चात् प्रधानमन्त्री नबन्ने समेत स्पष्ट पारेका छन् । उनले भनेका छन्, ‘मैंले स्थायी कमिटीको बैठकमा औपचारिक रुपमै आगामी महाधिवेशनबाट अध्यक्षको जिम्मेवारीमा नरहने र आगामी निर्वाचन पश्चात् प्रधानमन्त्री नबन्ने जानकारी गराइसकेको छु । योभन्दा बढी मैंले के त्याग गर्नु पर्ने हो ?’ ओलीले त्याग नै गर्ने हो भने बारम्बार सरकार र पार्टीको नेतृत्व गरेकाहरुले जिम्मेवार नलिने र नयाँ पुस्तालाई हस्तान्तरणको प्रस्ताव समेत गरेका छन् ।
ओलीले आफूलाई भ्रष्टाचारसँग जोडेकोमा गम्भीर असन्तुष्टि व्यक्त गर्दै प्रचण्डमाथि प्रश्न गरेका छन् । उनले भनेका छन्, वाइडबडी भनिने एयरबस ३३० खरिद गर्दा सरकारमा को थियो ? ३८ क्लिवन्टलभन्दा बढी सुनको तस्करी हुँदा को सत्तामा थियो ? ललितानिवास प्रकरण कहिलेबाट र को को हुँदै अगाडि बढेको थियो ?
प्रचण्डमाथि ओलीको आरोप
- निर्वाचन सफलताको उन्मादमा गिरिजाप्रसाद कोइराला र माधवकुमार नेपाललाई कसैको इशारामा धोका
- ओली सरकार सात महिनामै ढालेको
- एमालेलाई मुलुकबाट किनारा लगाउन लागेको
- प्रधानमन्त्रीका विरुद्ध अविश्वासको प्रस्तावका लागि भनेर सांसदहरुलाई खाली कागजमा सही गराएको
- निर्वाचन आयोगमा प्रचण्डले सिफारिस गरेर पठाइएकाको भूमिकामाथि प्रश्न
- भारत भ्रमणको क्रममा आलोपालो प्रधानमन्त्रीको सहमति खुलासा गरी राष्ट्रिय स्वाधीनतामाथि गम्भरि प्रतिकूल असर पारेको