नेपाल राष्ट्र बैंकले बेलायतबाटनोट परीक्षण मेसिन ल्याउने

132

काठमाडौं । नेपाल राष्ट्र बैंकले बेलायतबाट ११ लाख ५७ हजार २ सय ९९ डलर बराबरको नोट परीक्षण मेसिन ल्याउने तयारी गरेको छ । राष्ट्र बैंकले बेलायतको प्रोसेसिङ सोलुसन लिमिटेडबाट सो मेसिन ल्याउन लागेको जनाएको छ । सबैभन्दा कम मूल्यमा यही कम्पनीले बिडिङ गरेको थियो ।  सो मेसिनले नक्कली, सक्कली, झुत्रा नोट छुट्याउनेछ । 

साे कम्पनीले बिड गरेको आजको विनिमय दरअनुसार नेपाली रुपैयाँ १३ करोड ७७ लाख ७ हजार रुपैयाँ पर्न जान्छ ।  केन्द्रीय बैंकले आशयपत्र जारी गर्दै बेलायतको प्रोसेसिङ सोलुसन लिमिटेड कम्पनीबाट मेशिन ल्यान लागेको जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here