निकुञ्जमा लागेकाे डढेलो नियन्त्रणमा लनि हेलिकप्टर प्रयाेग

155

काठमाडौं – आइतबार दिउँसो  शिवपुरी–नागर्जुन राष्ट्रिय निकुञ्जमा लागेको डढेलो नियन्त्रणका लागि हेलिकप्टरको प्रयोग गरिएको छ । सिम्रिक एयरको हेलिकप्टरमार्फत पानी खसालेर डढेलो नियन्त्रणमा लिने प्रयास गरिएको हो ।

साे आगलागी  नियन्त्रणमा लिनका लागि  काठमाडौं महानगरपालिका, बुढानिलकण्ठ नगरपालिका, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको दमकल आगो नियन्त्रणका लागि पुगेको थियो । तर, डढेलो नियन्त्रणमा नआएपछि हेलिकोप्टर बोलाइएको महाराजगञ्जका डीएसपी रोशन खड्काले जनाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here