पाँचखाल नगरमा थप सात दिन सिल

160

काभ्रेपलान्चोक । पाँचखाल नगरपालिकाले थप सात दिन सिल गर्ने निर्णय गरेको छ । पाँचखाल नगरपालिका कोभिड–१९ निर्देशक समितिको जेठ २१ गते बसेको बैठकले थप सात दिन नगरपालिका सिल गर्ने निर्णय गरेको नगरपालिकाले विज्ञप्तिमा जनाएको छ ।

कोभिड–१९ को संक्रमणको दोस्रो लहर नगरपालिकाभित्र पनि तिब्र रुपमा समुदाय स्तरमा नै फैलिएको, संक्रमितको संख्या दिनादुदिन बढिरहेकाले संक्रमणलाई रोकथाम तथा न्यूनीकरण गर्नका लागि यस्तो निर्णय गरिएको नगरप्रमुख महेश खरेलले जानकारी दिए । उक्त अवधिभर एक वडाबाट अर्को वडामासमेत जान नपाउने निर्णय भएको छ ।

दुधजन्य, तरकारी तथा खेतवारीमा काम गर्ने कृषकहरुलाई सुरक्षा मापदण्डमा रहेर गर्ने, दुध विहान ६ बजे देखि ७ बजे सम्ममा संकलन तथा विक्रि वितरण भइसक्नुपर्ने उल्नेख छ । नगरपालिकाले खाना, खाजा, मदीराजन्य पसलहरू खोल्न नपाउने, होटल खेलेर तास खेल्ने खेलाउने गरेमा ५० हजारसम्म जरिवाना गर्नेसमेत निर्णय भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here