केही स्थानहरुमा भारी बर्षाको सम्भावना

66

काठमाडौं । आज देशका प्रदेश नं १, प्रदेश नं २, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरुमा भारी बर्षाको समेत सम्भावना भएकाले आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

महाशाखाले मौसम पूर्वानुमान जारी गर्दै देशका धेरै स्थानहरुमा मेघगर्जन, चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
यस्तै आज देशभर मनसुनी वायुको प्रभाव रहेकोले बिहानैदेखि देशभर सामान्यदेखि पूर्ण बदली रही बागमती, गण्डकी, लुम्बिनी प्रदेश, कर्णाली र सुदुरपश्चिम प्रदेशका केही र बाँकी प्रदेशका एक, दुई स्थानहरुमा वर्षा भइरहेको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार सोमबार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहने र देशका धेरै स्थानहरुमा मेघगर्जन, चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । भने, प्रदेश नं १, प्रदेश नं २, गण्डकी प्रदेश तथा लुम्बिनी प्रदेशका एक,दुई स्थानहरुमा भारी बर्षाको समेत सम्भावना छ ।

राति देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानहरुमा मेघगर्जन, चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश तथा लुम्बिनी प्रदेशका एकरदुई स्थानहरुमा भारी बर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।-दृष्टिबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here