नेपालका प्रथम पत्रकार रघुनाथकी पत्नी जानकी रौनियारको निधन

75
जानकीदेबी रौनियारको फोटो

काठमाडौं  ।  मानवअधिकार र लोकतान्त्रिक आन्दोलनका योद्धा एवम् नेपालका प्रथम पत्रकार दिवंगत रघुनाथ प्रसाद रौनियारकी पत्नी श्रीमती जानकी देवी रौनियारको ९८ बर्षको उमेरमा यही श्रावण १६ गते राती ९:३० बजे आफ्नै निवास इन्द्रचोकमा निधन भएको छ ।

उहाँको अन्तिम संस्कार पशुपति आर्यघाटमा जुम्ल्याहा छोरा उमेश कुमार रौनियारले दागबत्ती दिएर गर्नु भएको थियो।   बिगत ८ बर्ष अघि श्रीमती जानकी देवी रौनियारको अचानक उच्च रक्तचापका कारण मस्तिस्कघात भएर ब्रेन स्ट्रोक हुनाले प्यारालाइसिस भई एउटा हात र खुट्टा नचल्ने भएको थियो ।

लामोसमय कस्टपूर्ण जीवन बाँचेकी रौनियार मृत्युसंग संघर्ष गर्दै ८ बर्षको लामो समय पछि निधन भएको हो । प्यारालाइसिसको बिरामी भएकी जानकी देवी रौनियारलाइ सुरुको अवस्था देखिनै टिचिंग अस्पतालका  डा. जगदीश अग्रवालले उपचार गरिरहनु भएको थियो।   घर परिवारमा आर्थिक संकट भएतापनि आफ्नो आमा जानकी देवी रौनियारलाई हेरचाह गरि दिनरात चोबिसै घण्टा सक्रिय भएर आवश्यक सेवा, सत्कार, स्याहार सुसार ऍव उपचार गर्दै छोराहरु रमेश कुमार रौनियार, उमेश कुमार रौनियार र दिपक कुमार रौनियारले सेवा गर्दै आएका थिए।

निरङ्कुश पंचायती व्यवस्था बिरोधी आन्दोलनमा जानकीदेवी रौनियार आफू स्वयम् सक्रिय नभएपनि आफ्नो छोराहरुलाई प्रोत्साहन गर्दै जनक्रान्तिमा सहभागी गराई हिम्मतिलो बनाउनु भएको थियो। सामाजिक सेवाको कार्य समेत निरन्तर गर्दै आउनु भएको थियो।

राजतन्त्र बिरोधी आन्दोलनमा समेत उहाँको सक्रियतामा छोराहरु संधर्षरत रहदै २०६२ साल वैशाख ११ गते देखि देशमा लोकतन्त्रको उदय पश्चात प्रचण्ड , डा बाबुराम भट्टराई, सीता दाहाल र हिसिला यमीको रमेश कुमार रौनियार र उमेश कुमार रौनियारले  जीवनी लखेका हुन् ।पुस्तक बिमोचन समारोहमा जानकी देवी रौनियारले सक्रिय भएर कार्य गर्दै कार्यक्रम सफल पार्न महत्वपुर्ण भूमिका खेल्नु भएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here