विन्डोज १० चलाइरहेका प्रयोगकर्ताले अव विन्डोज ११ को अपग्रेड नि:शुल्क गर्न सकिने

152

काठमाडौं । माइक्रोसफ्टले औपचारिक रुपमा विन्डोज ११ सार्वजनिक गरेको छ । अहिले विन्डोज १० चलाइरहेका प्रयोगकर्ताले विन्डोज ११ को अपग्रेड नि:शुल्क गर्न सक्छन् । विन्डोजका चिफ प्रडक्ट अफिसर पानोस पानेलका अनुसार हालको भर्सन यूजरका लागि सफा, ताजा तथा सामान्य महसुस गराउने उद्देश्यले विन्डोज ११ ल्याएको जनाए ।

उनले यो नयाँ अपरेटिङ सिस्टममा हालसम्म उपभोक्ताहरु परिचित भइरहेका फिचरहरुबाट पूर्णरुपमा हट्ने भन्ने नभएको पनि प्रस्ट पारे । यसबाहेक उनले यो सिस्टम प्रविधिका बारेमा धेरै जानकारी नभएका यूजरले पनि सजिलै आफ्नो अपरेटिङ्ग सिस्टम अपग्रेड गर्नसक्ने माइक्रोसफ्टले जनाएको छ । माइक्रोसफ्टले विन्डोज ११ को अपडेट क्रमश सबै प्रयोगकर्तालाई उपलब्ध गराउदै जाने जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here