—राज्यलक्ष्मी शाक्य
विश्वभर एकपछि अर्काे तहल्का मच्चाउन सफल भएको मध्ये एक हो कोरोना भाइरस हो । यो भाइरस यसअघि तहल्का मच्चाएका इबोला भाइरस, एचआईभी एड्स तथा अन्य भाइरस भन्दा खतरानाक भाइरसका रुपमा सावित भइसकेको छ । तर्सथ कोरोना भाइरसलाई परास्त गर्नु छ भने स्थानीयदेखि वडा तथा प्रदेशतहसम्म कोरोनाविरद्ध लड्न ‘कोरोनाबाट आफू पनि बचौं अरुलाई पनि बचाऔं’ को अभियान तयार गरी नेपाल सरकार अघि बढ्नु पर्ने देखिन्छ । छिमेकी देश भारतसँग रहेको खुल्ला सीमाना, खुल्ला सीमानाबाट हुने खुल्ला आवागमनलाई जवसम्म नियमित र नियत्रित गर्न सकिदैन तबसम्म नेपालमा कोरोना जस्ता भाइरसहरुको त्रास मात्र होइन विहारी आचरणको पनि प्रवेश भइरहन्छ ।
हुनत् नेपाल सरकारले कोरोना भाइरस विरुद्ध खोप लगाउने अभियानलाई व्यापक बनाएर तडारुकता साथ लाग्नु एकदमै सकारात्मक पक्ष हो । तथापि अभैm नेपाल जस्तो देशमा यसबाट यथाशिघ्र उन्मुक्ति पाउन मुस्किल नै छ । देउवा नेतृत्वको सरकारले अमेरिकाबाट कोभ्याक्स सुविधामार्फत आएको १ लाख डोज फाइजर खोप गत आइतबार कात्तिक २८ गतदेखि १२ वर्ष उमेरभन्दा माथिका दीर्घ रोगीलाई लगाउन थालनी गरिएको छ । खोप अभियान मंसिर ४ गतेसम्म चलाउने भएता पनि ढुक्क हुने अवस्था भने छैन । तसर्थ सार्वजनिक स्थल, मठ मन्दिर, विद्यालय, क्याम्पसका विद्यार्थीहरुले समेत अहिले मास्क लगाउने गरिरहेका छैनन् । लापर्वाही बढेको छ । व्यक्ति स्वयम् नै सतर्क हुनुपर्ने देखिन्छ ।
विश्वभरका १ सय ३२ मुलुकका नागरिकले लगाइसकेको फाइजर खोप नेपालमा भने पहिलो पटक लगाउन थालनी भएकोलाई स्वास्थ्यबिद्हरुले रामै्र रुपमा लिएका छन् । तर पनि दीर्घरोगी बालबालिकालाई लक्षित गरी लगाउन सुरु भएकाले कोरोना भाइरसविरुद्ध विश्वमै पहिलो पटक उत्पादन भएको फाइजर खोप नेपालका लागि भने बिल्कुलै नयाँ हो । यो प्रयोग नेपालबाट सुरु गरिएकाले शंकाको घेरामा पनि यसलाई राखेर हेर्नुपर्दछ । परिक्षण विना यस्तो खोपको प्रयोग जोखिमयुक्त हुने खतरा पनि त्यतिकै हुनेछ ।
सर्वसाधारणले केही तथ्यहरू जान्नैपर्ने भएता पनि खासै केही प्रचार नगरिकन लगाएका खोप प्रभावकारी बन्ने विषयमा शंका उब्जिएको छ । यसबारेमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाले कोरोनाविरुद्धको फाइजर खोपको प्रयोगका विषयमा मार्गदर्शनसमेत सार्वजनिक गरेको भएता पनि सर्वसाधारण विश्वस्त हुन सकेका छैनन् । कारण के ? खोपको परिक्षण नगरि एक्काशी खोप अभियान चलाउँदा जोखिमकै त्रास जनस्तरमा देखिएको छ । सरकारले यसमा अभिभावकीय जिम्मेवारी निर्वाह गर्नु छ ।
अहिले स्कूलहरु र कलेजहरु सञ्चालनमा आएका छन् । प्रत्येक स्कूल र कलेजहरुमा सावधानी देखिदैन । सबैभन्दा भिड हुने ठाउँ नै यो क्षेत्र हो । प्रत्येक घरका बालबालिकाहरु स्कूलमा पुगेका हुन्छन् । बालबालिकाहरु संक्रमित भयो भने सबैघरहरु संक्रमित हुने अवस्था रहनेछ । त्यसैले स्कूल र कलेजहरु अन्य क्षेत्रभन्दा सम्बेदनशील क्षेत्र हुन भन्ने कुरामा कुनै विवाद छैन । तर सरकार यो सवालमा सावधान देखिदैन ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको मार्गदर्शनका आधारमा खोपको भण्डारण, म्याद गुज्रिने अवधि, ढुवानी गर्दा कायम गर्नुपर्ने तापक्रम, खोपको प्रयोग, खोप लगाउन हुने अवस्था, खोप लगाउन नहुने अवस्था, चिकित्सकको विशेष निगरानीमा खोप दिन सकिने अवस्था, खोप लगाएपछि हुन सक्ने असरका विषयमा प्रस्ट पारेको पाइन्छ । तर स्कूलहरुमा भइरहेको असावधानीप्रति कुनै क्षेत्रले यस्तो सचेतना अभियान अवलम्बन गरेको देखिदैन । बच्चाहरुमा महामारी सुरु भयो भने देशले ठूलो क्षति बेहोर्नुपर्ने अवस्था सृजना हुनेछ । समयमै सचेतना जरुरी छ । जनधारणा साप्ताहिकबाट