इन्डियन आर्मी बन्ने सपना बोकेका १९ वर्षीय मेयराको दैनिकी

180

काठमाडौं । उनी हरेक दिन राति कामबाट फर्कदा राति छिप्पी सकेको हुन्थ्यो । कार्यस्थलबाट १० किलोमिटर टाँढा निवाससम्म रातको ११ बजे दौडदै फर्कन्थे । यो दृश्य चलचित्र निर्माता विनोद काप्रीले केहि दिन यता देखिरहेका थिए । उनले एक दिन कारबाट फर्कदै गर्दा ति युवकसँग कुरा गरे । उनले ति युवालाई कारमा बस्न भने तर, युवकले दौडेरै घर पुग्छु भने ।

युवकबाट प्रभावित हुँदै उनले नाम सोधे । युवकले आफ्नो नाम प्रदिप मेयरा भएको बताए । यो दृश्य काप्रीले क्यामरामा कैद गरिरहेका थिए । तर, यो कुनै चलचित्रको सुटिङ नभएर इन्डियन आर्मी बन्ने सपना बोकेका उत्तराखण्डका १९ वर्षीय मेयराको दैनिकी हो ।

सामाजिक सञ्जालमा यतिबेला एक भारतीय युवाको भिडियो भाइरल भएको छ । मेयरा नोयडाको बोरला गाउँमा भाईसँग बस्छन् । १९ वर्षिय प्रदिपले नोयडा स्थित एमसी डोनाल्डमा काम गर्छन् । उनको काम गर्ने ठाउँ भन्दा उनको घर दश किलोमिटर टाँढा छ ।

इन्डियन आर्मी बन्ने सपना बोकेका प्रदिप घर जान गाडीमा चढ्दैनन् । आफ्नो सपनालाई साकार बनाउन उनी कामबाट घर फर्किदा १० किलोमिटरको यात्रामा दौडीन्छन् ।

उनका अनुसार उनकी आमा अस्पतालमा भर्ना भएकी छिन् । घरमा पुगेर उनले खाना पकाएर भाईलाई खुवाउनुपर्छ । उनी यतिबेला मेहेनति युवाको रुपमा चर्चित भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here