मोटरसाइकलले ठक्कर दिँदा एक जना पैदलयात्रीको मृत्यु

136

ललितपुर ।  ग्वार्कोमा मोटरसाइकलले ठक्कर दिँदा एक जना पैदलयात्रीको मृत्यु भएको छ।

मंगलबार बेलुकी सवा ९ बजे मोटरसाइकलको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता प्रहरी उपरीक्षक शिद्धीविक्रम शाहले जानकारी दिए।

उनका अनुसार बाग्मती प्रदेश ०२-०२३ प ०४९१ नम्बरको मोटरसाइकल कोटेश्वरबाट ग्वार्को गइरहेको थियो। उक्त मोटरसाइकलले ग्वार्को नजिकै रहेको नमस्ते पेट्रोल पम्प अगाडि पैदल यात्रीलाई ठक्कर दिएको हो।

घाइते पैदलयात्रीलाई उपचारको लागि बिएन्डबी अस्पताल लगिएको थियो। उनको उपचारको क्रममा बुधबार मृत्यु भएको प्रहरी उपरीक्षक शाहले जानकारी दिए। मृतकको सनाखत हुन सकेको छैन।

प्रहरीले ललितपुर महानगरपालिका-२५ नख्खुडोल बस्ने ४२ वर्षीय देबबहादुर थापालाई नियन्त्रणमा लिएको परिसरले जनाएको छ।

प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here