क्यान्सरबारे जनचेतना फैलाउने उद्देश्यले २,५०० व्यक्तिको नग्न पोज

48

सिड्नी । सिड्नीको बोन्डी बिचमा करिब २,५०० व्यक्तिले एक कलाकृतिको लागि नग्न पोज दिएका छन्। छालाको क्यान्सरबारे जनचेतना फैलाउने उद्देश्यले उक्त कार्य गरिएको हो ।

अमेरिकी फोटोग्राफर स्पेन्सर ट्युनिकले समुद्र तटमा नग्न मानिसहरूको तस्बिर खिचेर छालाको क्यान्सरको बारेमा सचेतना फैलाइरहेका छन्।

उक्त कार्यको उद्देश्य अष्ट्रेलियाका मानिसहरूलाई नियमित छाला परीक्षण गराउन उत्प्रेरित गर्नु भएको बताइएको छ। विश्व क्यान्सर अनुसन्धान कोषका अनुसार अष्ट्रेलिया छालाको क्यान्सरबाट सबैभन्दा बढी प्रभावित देश हो।

स्थानीय समय अनुसार शनिबार ३ः३० बजे स्वयंसेवकहरू समुद्र तटमा भेला भए र नग्न पोज दिएका हुन्। कार्यक्रममा भाग लिने ७७ वर्षीय ब्रुस फिशरले एएफपी समाचार एजेन्सीलाई भने, ‘मलाई लाग्छ यो राम्रो विचार हो। मलाई बोन्डी बीचमा कपडा फुकाल्न यसै पनि मन पर्छ।’

फोटोग्राफर ट्युनिक संसारभरका प्रसिद्ध स्थानमा कलात्मक नग्न तस्बिर खिच्ने व्यक्ति भनी चिनिन्छन्। बीबीसी

बीसी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here