बेलायतका राजकुमार एडिनबर्गका ड्युक एड्वार्ड काठमाडौं आइपुगे

4

काठमाडौं । बेलायतका राजकुमार एवं एडिनबर्गका ड्युक एड्वार्ड काठमाडौं आइपुगेका छन्।

मंगलबार दिउँसो उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेका हुन्। उनी भारत भ्रमण सकेर काठमाडौं आएका हुन्।

उनलाई परराष्ट्र सचिव अमृत राईले स्वागत गरे। त्यस्तै मंगलबार बिहान उनकी श्रीमती एडिनबर्गकी डचेस सोफी पनि काठमाडौं आइसकेकी छन्।

उनीहरूको निजी भ्रमणमा नेपाल प्रहरी र नेपाली सेनाले सुरक्षा दिनेछन्। उनीहरूलाई ‘ख श्रेणी’को सुरक्षा व्यवस्‍था मिलाइएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here