कुलमानको शून्य सिट

11

काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ काठमाडौं क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा निर्वाचनमा पराजित भएका छन्।

कुलमानले समानुपातिकतर्फ सहयोग गरेको  राष्ट्रिय परिवर्तन पार्टीले प्रत्यक्षतर्फ कुनै पनि क्षेत्रमा सिट जित्न सकेन। कुलमानको आफ्नै दल उज्यालो नेपाल पार्टीले पनि प्रत्यक्षतर्फ सफलता हासिल गर्न सकेन।

यद्यपि समानुपातिकतर्फ भने राष्ट्रिय परिवर्तन पार्टीले १ लाखभन्दा बढी मत प्राप्त गरेको छ। हालसम्मको मतगणनाअनुसार उक्त पार्टीले १ लाख १९ हजार ५०० मत पाएको छ, जुन कुल मतको करिब १.४३ प्रतिशत हो।

कुलमान घिसिङले ‘बाँसुरी’ चुनाव चिन्हमार्फत राष्ट्रिय परिवर्तन पार्टीलाई समानुपातिकमा सहयोग गरेका थिए। तर राष्ट्रिय स्वतन्त्र पार्टी सँग एकीकरणको चर्चा चलिरहेका बेला बन्दसूचीमा नाम बुझाउन नसक्दा पार्टीभित्र देखिएको कलहका कारण अन्ततः उक्त दलले कुनै सिट प्राप्त गर्न सकेन।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here