केही स्थानमा आज तीव्र हावाहुरीको पूर्वानुमान

1

काठमाडौं । देशका केही स्थानमा आज तीव्र हावाहुरीको पूर्वानुमान छ।

सुदूरपश्चिमदेखि कोशी प्रदेशका विभिन्न जिल्लामा तीव्र हावाहुरीको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

विभागका अनुसार, सुदूरपश्चिम प्रदेशका डडेलधुरा र डोटीसहित आसपासका जिल्ला, लुम्बिनी प्रदेशका बर्दिया, बाँके, दाङ र अर्घाखाँची हित आसपासका जिल्लामा तीव्र गतिको हावाहुरी चल्ने सम्भावना छ। त्यस्तै, मधेस प्रदेशका धनुषा र बारासहित आसपासका जिल्ला र कोसी प्रदेशको मोरङसहित आसपासका जिल्लामा हावाहुरी चल्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।

बुधबार सुदूरपश्चिम प्रदेशका डडेलधुरा र डोटीसहित आसपासका जिल्ला, लुम्बिनी प्रदेशका बर्दिया, बाँके, दाङ र अर्घाखाँचीसहित आसपासका जिल्ला, मधेस प्रदेशका धनुषा र बारासहित आसपासका जिल्ला र कोसी प्रदेशको मोरङसहित आसपासका जिल्लामा तीव्र हावाहुरी चल्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउ विभागले मंगलबार जारी गरेको सूचनामा उल्लेख छ।

हावाहुरी साँझ करिब ५ः४५ बजे सुरु हुने र भोलि बिहान करिब ७ः४५ बजे समाप्त हुने सम्भावना रहेको विभागले जनाएको छ। मेघगर्जन-चट्याङ-हावाहुरी-असिनासहित पानी पर्ने प्रणाली पश्चिमदेखि क्रमशः पूर्वतिर सर्दै जाने सम्भावना रहेकोले देशका धेरै ठाउँहरूमा यसको प्रभाव पर्ने सम्भावना छ।

त्यसैगरी, आज देशभर चट्याङसहित मध्यमदेखि भारी वर्षाको पूर्वानुमान जल तथा मौसम विज्ञान विभागले गरेको छ। दिउँसो कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशलगायत कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भूभागमा अधिकांश बादल लाग्ने तथा सुदूरपश्चिम प्रदेशको तराई भूभागमा साधारणतया बादल लाग्नेछ।

कोसी, मधेस, वागमती, गण्डकी र लुम्बिनी प्रदेशको धेरै स्थानहरूमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको केही स्थानहरूमा मेघगर्जन-चट्याङसहित मध्यमसम्मको वर्षा÷हिमपातको सम्भावना छ। कोसी प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन-चट्याङसहित भारी वर्षाको पनि सम्भावना रहेको विभागले जनाएको छ।

राति, कोसी, मधेस, वागमती र गण्डकी प्रदेशलगायत देशको हिमाली र पहाडी भूभागमा अधिकांश बादल लाग्ने र तराई भूभागमा साधारणतया बादल लाग्नेछ।

कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशको धेरै स्थानहरूमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भूभागका थोरै स्थानहरूमा मेघगर्जन-चट्याङसहित मध्यमसम्मको वर्षा-हिमपातको सम्भावना छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका एक–दुई स्थानमा मेघगर्जन-चट्याङसहित मध्यमसम्मको वर्षा-हिमपातको सम्भावना छ।

कोसी र गण्डकी प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङसहित भारी वर्षाको सम्भावना छ। विभागले सुदूरपश्चिमदेखि कोसीका विभिन्न जिल्लामा तीव्र हावाहुरीको पूर्वानुमान गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here