कार दुर्घटना हुँदा कम्तीमा पाँच घाइते
झापा । इलामको कन्याम पुगेर फर्किँदै गरेको कार कुटीडाँडानजिक दुर्घटना हुँदा कम्तीमा पाँच जना घाइते भएका छन्।
रोङ गाउँपालिका–३ कुटीडाँडानजिकै सोमबार साँझ उक्त कार दुर्घटना भएको हो। जिल्ला प्रहरी कार्यालय इलामका अनुसार उक्त दुर्घटनामा घाइते...
बसको ठक्करबाट एक पैदलयात्रीको ज्यान गयाे
विराटनगर । मोरङको उर्लाबारीमा बसको ठक्करबाट एक पैदलयात्रीको ज्यान गएको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार बुधबार बिहान प्रदेश १–०१–००१ ख ४११२ नम्बरको बसले पैदलयात्रुलाई ठक्कर दिएको थियो ।
घटनामा ६५ वर्षीय पुरुषको मृत्यु भएको...
छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु
काठमाडौं । झापा, कनकाई नगरपालिका-८ सितल चोकमा ग.१ च ३२४८ नम्बरको बोलेरो र प्र.१-०१-०१३ प १४१७ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई सोमबार बेलुकी दुर्घटना हुँदा मोटरसाइकल चालक कन्काई नगरपालिका-४ बस्ने ५४ वर्षीय देबराज सुबेदीको...
ट्रकसँग बस ठोक्किदा सातजनाको मृत्यु, ३० जना घाइते
नेपालगन्ज । बाँकेको राप्तीसोनारी गाउँपालिका–८ शमशेरगञ्जमा रोकिराखेको ट्रकमा बस ठोक्किएर दुर्घटना हुँदा सातजनाको मृत्यु भएको छ भने ३० जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीका अनुसार दाङबाट बर्दियातर्फ...
सवारी दुर्घटनामा दुई जनाको मृत्यु
काठमाडौं । धनुषा, जनकपुर उपमहानगरपालिका-९ बाह्र बिघास्थित सडकमा हाल नम्बर नखुलेको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने सुनिल कापरकी छोरी ९ वर्षीया खुशी कुमारीको सोमबार दिउँसो मृत्यु भएको छ ।
आइतबार दिउँसो ठक्करबाट गम्भीर घाइते...
वसुन्धरामा भ्यानको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
काठमाडौं । काठमाडौंको वसुन्धरामा भ्यानको ठक्करबाट मोटरसाइकल चालक दावा दोर्जे शेर्पाको मृत्यु भएको छ ।
काठमाडौं महानगरपालिका–३ तिलिङ्गाटारमा गए राति बागमती प्रदेश ०१–०२७ च ६७४७ नम्बरको भ्यानले प्रदेश ३–०२–००६ प ६४०५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा...
UPDATE : पाल्पामा जिपमाथि पहिरो खस्दा ३ जनाको मृत्यु
पाल्पा । पाल्पाको जोर्तेमा सुख्खा पहिरोले स्कार्पियो पुरिंदा एक महिलासहित तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा यमबहादुर बोहरा, अन्दाजी ५० वर्षीया मनकला चुदारा र रेत भुजेल रहेका छन् ।
तम्घासबाट बुटवलका लागि...
दुर्घटनामा दुई महिला घाइते
सैनामैना । रुपन्देहीको सैनामैना–५ बुद्धनगरमा आज (बुधार) साँझ सवारी दुर्घटना हुँदा २ महिला घाइते भएका छन् । घाइते हुनेमा बुटवल उप–महानगरपालिका–१० की २६ वर्षीया रक्षा सेन र तिलोत्तमा नगरपालिका–४ कि ४० वर्षीया सुमित्रा सेन...
धादिङ बस दुर्घटनामा परी ८ जनाको मृत्यु
धादिङ । गजुरी गाउँपालिका वडा नम्बर २ मा भएको यात्रुवाहक बस दुर्घटनामा परी ८ जनाको मृत्यु भएको छ।
मृत्यु भएकाहरूको नाम खुलिसकेको छैन।
घटनास्थलबाट प्रहरीले १७ जनाको उद्धार गरेको छ। जसमध्ये ४ जनाको धादिङकै राजमार्ग अस्पताल...
छुट्टाछुट्टै सवारी दुर्घटनामा छ जनाको मृत्यु
काठमाडौं । सिरहा, कर्जन्हा नगरपालिका-३ स्थित सडकमा हाल नम्बर नखुलेको सवारी साधनको ठक्करबाट हाल नाम, थर, वतन नखुलेकी अन्दाजी ६० वर्षीया महिलाको गएराति घटनास्थलमै मृत्यु भएको छ । ठक्कर दिने सवारी साधनको प्रहरीले खोजी...




















