कामपाले सात वटा क्यासिनोलाई मनोरञ्जन करकाे पत्र काट्याे

63

काठमाडौं । सात दिनभित्र कर सात वटा क्यासिनोलाई कर बुझाउन काठमाडौं महानगरपालिकाले पत्र काटेको छ। आर्थिक वर्ष २०७५/७६ देखि महानगरपालिकालाई सात वटा क्यासिनोले मनोरञ्जन कर नबुझाएकाले आइतबार महानगरले पत्र काटेको हो।

महानगरले म्यारिएटको डेल्टीन क्यासिनो होटल, अन्नपूर्णको क्यासिनो प्यालेस, र्‍याडिसन होटलको क्यासिनो र्‍याडी, हायात होटलको प्राइड इन्टरटेनमेन्ट एण्ड रिक्रिएसन, सोल्टी होटलको मोजाङ्ग इन्टरटेन्मेन्ट, एलफ्ट होटलको बाल्को क्यासिनो र मल्ल होटलको बेली क्यासिनोलाई कर बुझाउन भन्दै पत्र काटेको छ।

ती क्यासिनोहरुले पटक-पटक ताकेता गरे पनि मनोरञ्जन कर नबुझाएको महानगरका विभागीय प्रमुख डा. शिवराज अधिकारी काट्नु भएको पत्रमा उल्लेख छ।

बागमती प्रदेशको आर्थिक ऐनले क्यासिनोमा प्रवेश गर्ने ग्राहकबाट मनोरञ्जन कर लिनुपर्ने व्यवस्था रहेकाले महानगरले तोकिएको अवधिमा कर नबुझाए महानगरपालिकाको राजस्व ऐन, २०७५ बमोजिम कारबाही गरी सरकारी बाँकी सरह बक्यौता कर असुल गरिने पत्रमा उल्लेख छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here