आयोगले तोक्यो उम्मेदवारको अधिकतम खर्च सीमा, केन्द्रकाले २५ र प्रदेश सभाकाले १५ लाखसम्म खर्च गर्न पाउने

155

काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा उम्मेदवार र राजनीतिक दलले गर्न पाउने खर्चको अधिकतम सीमा तोकेको छ ।

आयोगको आजको बैठकले पहिलो निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारले बढीमा २५ लाख र प्रदेशसभा निर्वाचनमा बढीमा १५ लाख खर्च गर्न पाउने गरी खर्चको सीमा निर्धारण गर्ने निर्णय गरेको आयोगका प्रवक्ता सहसचिव नवराज ढकालले जानकारी दिए।

पहिलो हुने निर्वाचित हुने निर्वाचनतर्फ मतदाता नामावली खरिद, सवारीसाधन, प्रचार–प्रसार सामग्री, ढुवानी, गोष्ठी, कार्यालय सञ्चालन र प्रतिनिधि परिचालनका लागि शीर्षकगत खर्च निर्धारण गरिएको प्रवक्ता ढकालले जानकारी दिए।

यसैगरी समानुपातिक निर्वाचन प्रणालीतर्फ प्रतिनिधिसभा सदस्यको निर्वाचनमा राजनीतिक दलले पेश गरेको बन्दसूचीमा उम्मेदवारको सङ्ख्याअनुसार प्रतिउम्मेदवार दुई लाखसम्म खर्च गर्न पाउने व्यवस्था गरिएको आयोगले प्रेस विज्ञप्तिमार्फत जानकारी गराएको छ।

आयोगका अनुसार, प्रदेशसभा सदस्य निर्वाचनमा राजनीतिक दलले पेश गरेको बन्दसूचीमा उम्मेदवारको सङ्ख्याअनुसार प्रतिउम्मेदवार एक लाख ५० हजारसम्म खर्च गर्न सक्नेछन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here