संगठन विभागमा वामदेव, विदेश विभागमा नेपाल

165

काठमाडौं–  सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को संगठन परिचालनमा महत्त्वपूर्ण मानिने शक्तिशाली संगठन विभागको जिम्मेवारी वामदेव गौतमले पाउने भएका छन्।

अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो समय आफूसँग असन्तुष्ट बनेका गौतमलाई यसपटक रोजेकै विभाग दिन लागेका हुन्। विगतमा आफूसँग गरिएका प्रतिवद्धता पालना नगरेको भन्दै गौतम ओलीसँग रुष्ट थिए।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको नेकपाका पूर्वएमाले पक्षका नेताको बैठकले गौतमलाई संगठन विभागको नेतृत्व दिने सहमति गरेको हो।

आफ्नो भागमा परेका विभागीय प्रमुखहरु टुंगो लगाउन पूर्वएमालेका नेताहरुको बैठक लगातार दुई दिन प्रधानमन्त्री निवास बालुवाटारमा बसेको थियो । नेताहरुबीच संगठन विभागमा बादमेव गौतम, विदेश विभागमा माधवकुमार नेपाल र नीति तथा प्रतिष्ठानमा झलनाथ खनाललाई प्रमुख बनाउने सहमति जुटेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here