काठमाडौं / प्रेस काउन्सिल नेपालले पत्रपत्रिकाहरुको आ.व. २०७४/७५ को वर्गीकरण विवरण सार्वजनिक गरेको छ ।
वर्गीकरण प्रक्रियामा सामेल भएका ९१२ वटा पत्रपत्रिकाहरुको वर्गीकरण गरी नतिजा सार्वजनिक गरिएको छ । यस वर्ष पनि जनधारणा साप्ताहिक राष्ट्रिय ‘क’ वर्गमै वर्गीकृत भएको छ ।
सार्वजनिक विवरण अनुसार ‘क’ वर्गमा १५७, ‘ख’ वर्गमा ३२१, ‘ग’ वर्गमा २३९ र ‘घ’ वर्गमा ४९ गरी जम्मा ७६६ पत्रपत्रिका वर्गीकरणमा परेका छन् ।
३१ पत्रपत्रिका हुबहुमा परेका छन् भने १ पत्रिकाको प्रकाशन अङ्क नपुग भएकाले वर्गीकरणमा समावेश गरिएको छैन । आवश्यक कागजात पेश नगरेका ६३ र काउन्सिलबाट सोधिएका प्रश्नको जवाफ पेश नगर्ने ५१ वटा गरी ११४ पत्रपत्रिकाहरुको नतिजा स्थगित गरिएको छ ।
वर्गीकरणमा समावेश ७६६ मध्ये राष्ट्रियस्तर १५६, प्रदेशस्तर १४२ र स्थानीयस्तरमा ४६८ वटा पत्रिका कायम भएका छन् । वर्गीकरणमा समावेश भएकामा दैनिक १४९, अर्धसाप्ताहिक ३, साप्ताहिक ४६५, पाक्षिक १२, मासिक ७०, द्वैमासिक/त्रैमासिक ११ र साहित्यिक र भाषिक ५६ रहेका छन् ।
वर्गीकरण नतिजामा चित्त नबुझ्नेले आधार, प्रमाणसहित पुनर्योग/पुनःमूल्याङ्कनको लागि शुरु दस्तुरको पच्चिस प्रतिशत शुल्कसहित १५ दिनभित्र र थप ७ दिनसम्म दोब्बर दस्तुरसहित निवेदन दिन सक्ने व्यवस्था गरिएको सूचनामा जनाइएको छ ।
विवरण हेर्न तल लिंकमा क्लिक गर्नुहोला ।
http://www.presscouncilnepal.org/np/2019/11/2540?fbclid=IwAR1WlfUH0-qg6JUVdhpi7T1Ezj8fdB63B7S8j6cGHNpv_qGZ07cBY1Dhi7Q