अध्यक्षद्वय ओली-प्रचण्डबीच सहमति : पार्टीको जिम्मा प्रचण्डलाई !

70

काठमाडौं / सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक दिउँसो ४ बजे बोलाइएको छ ।  बैठकमा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच कार्यविभाजनका विषय तथा मन्त्रिपरिषद्का सदस्य परिवर्तनबारे छलफल हुने भएको हो ।

यसअघि हिजो बस्ने भनिएको नेकपा सचिवालय बैठक प्रधानमन्त्रीको स्वास्थ्यका कारण आज दिउँसो ४ बजेका लागि बोलाइएको हो ।

सचिवालय बैठकले आजैदेखि पार्टी बैठकको अध्यक्षता गर्ने, बैठक बोलाउने, निर्णय कार्यान्वयन गर्न लगाउनेलगायतका जिम्मेवारी प्रचण्डलाई प्रदान गर्ने स्रोतले जनाएको छ ।

पूर्वसहमतिअनुसार पार्टीको सबै जिम्मेवारी प्रचण्डलाई दिने र ओलीले सरकारलाई प्रभावकारी पार्ने विषयमा दुई अध्यक्षबीच सहमति भएको एक सचिवालय सदस्यले जानकारी दिए ।

सचिवालय बैठकले मन्त्रिपरिषद्का सदस्य हेरफेर गर्ने अधिकार पनि अध्यक्षद्वयलाई दिनेगरी महसचिव पौडेलले प्रस्ताव गर्ने तयारी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here